~भूधरा उपाध्याय~
– भूकम्पको माहाविनाशपछि टुहुरी नातिनी र हजुरबुवा पालमा बस्थे।
– रातभरि हिउँ पर्यो। हजुरबुवा निदाएको मौका पारेर ऊ हिउँ खेल्न गई।
– फर्किएर आउँदा हजुरबुवाको चीर निद्रा देखेर बहुतै खुसी भई।
– छिमेकीहरु भने कोही हरियो बाँस त कोही सेतो कपडाका साथमा जम्मा भएका थिए।