कथा : त्यो कालो दिन

~बिक्रम ज्ञवाली~Bikram Gyawali

यस्तै घाम र गर्मी दिन थियो त्यो दिन पनि । एउटा कोठा अनि हामी चालिस जना । कुनामा थियो ट्वाइलेट / बाथरुम , त्यो पनि बिना ढोकाको र बिना भित्ताको । राति सुत्नु को त के कुरा राम्रो संग बस्न पाए भाग्य । सबको अनुहार हेर्थे एउटा अनौठो क्रोध र धृणा भरिएको देखिन्थ्यो ।

त्यो दिन मलाई पुलिसले पक्डेको तेस्रो दिन पनि थियो । राती दुई घण्टा मुस्किलले सु्त्ने पालो आएको थियो । तर के निन्द्रा लाग्नु । एक त लागु औषधको तलतल , अनि पुलिसले पक्डेपोछि घरमा के भयो होला भन्ने कुराको तनाव। दाई बिदेश गएको दुई हप्ता भएको थिएन । त्यति मात्र कहाँ हुनु मामाको छोराको बिहेको लागी आमा काठमाणडु जानु भएको थियो । घरमा भाउजु एक्लै । मलाई पक्डेको कुरो थाहा पाए कि पाएनन् ? सबैले थाहा पाएभने त्यो बिहेको माहोल कस्तो होला ? बिचरि आमाको ता झन् के होला ब्लड प्रेसेको औषधी खानु लागेको तिन बर्ष भो , यो कुरा थाहा पाउदा के होला ?

बिहानै यस्तै कुरा सोच्दा सोचदै अचानक कहाँबाट मेरै नाम सुन्छु । कसैले मेरै नाम बोलाएर मुद्दा फाटमा लैजानै भन्यो । किन बोलाएको होला ? कोहि भेट्न पो आए कि ? खै ! के के सोचे सोचे !! बहिर निकालियो मलाई । हतकडि लागाइयो हातमा र लगियो मुद्दा फाटमा । हेर्छु चिनेको अनुहार कोहि थिएन । साधा पोसकका दुई जना प्रहरी मात्र थिए । पुगे खै डरनै नमानि सोधे ‘मलाई किन बोलाको?’ । ‘आज हामी धेरै खुसी छौ त्यैले तलाई मिठाइ खुवाउन बोलाको ‘ दुई मध्य डल्लो ड्ल्लो र गोलो अनुहार भएको ले भन्यो र हास्यो ।

उसले त्यति मत्र के भन्न भ्याएको थियो झ्याम.. मेरो ढाड मा पाइपको एक चुटाई पर्यो । अर्को अग्लो पुलिस जसलाई मैले मलाई पक्डेको दिन दुईवटा तारा भएको कपडामा देखेको थिए । उसैले बजाएको रहिछ । दुखाई संगै पछाडि हेरेर ‘ किन पिट्नुभएको मलाई ‘ भनेर सोध्दा उसले ‘त्यो लागुौषध मैले आफुले सेवन गर्न होईन अरुको लागि ल्याएको । र एक पटक ल्याउदा हजार रुपैया नाफा आउने हुदा यो पेशामा लगेको भनेर भनेस् अदालमा । नत्र पिटि पिटि तलाई मारेर गायव गर्दिन्छू । बुझिस् ?’ भनेर अर्को पटक फेरी हान्यो ।

‘तर मैले कहिल्य लागुऔषध बचेको छैन ‘ यति मत्र के भन्न भ्याएको थिए । संसारको सबैभन्दा नराम्रो आमाको गाली दिएर लात्ताले मलाई हानियो । ‘हुन्छ सर म त्यही नै भन्छू’ दुखाइसंगै आँखामा आँशु लिएर म भन्छु ।

फेरी लगियो मलाई त्यही कोठामा । गर्मी त्यतै थियो अनि त्यो कोठामा न त पङ्खाको सुबिधा थियो न त राम्रो संग पानिको ।
भित्र पुग्दा खाना आइसकेको थियो । कोहि हतार हतार खादै थिए , को चाहि खानाको भाडा लिएर कस्लाई के चाहिन्छ भनेर थप्नमा बेस्त ।
कोठामा भएको चालिस जना जति मान्छेमा पनि छ जना नाइके टोलि रे । उनीहरुले जे भन्यो त्यही चल्थ्यो । उनीहरु आफ्नो इच्छा अनुसार जस्लाई मनलाग्यो त्यसलाई नराम्रो यातना दिने र पिट्ने काम गर्थै ।

म भित्र पुग्नसाथ एक जना नाईके मध्यकैले बोलायो । ‘किन बोलाको रहिछ तलाई ?’ भनेर उसले सोध्दा सबै कहानी सुनाए । खै ! उ चाहि अलि नरम मान्छे रहिछ क्यारे !! ‘त्यस्तो नभन्नु अदालतमा र सरकारी ओकिल कार्यलयमा बयान गर्दा मा सेबक हो र मैले कहिले लागु औषध बेचबिखन गरेको छैन भन्नु । नत्र तलाई दस् बर्ष सम्म जेल हाल्न सक्छ । ‘ उसले त्यती भनेपोछी के बयान गर्ने भनेर म स्पस्ट भए ।

‘ओए ल खान खा। ‘ अर्को नाईकेले भन्छ । मलाई कति पनि खानु मन थिएन। हुन पनि तिन दिन भएको थियो मैले पानि बाहेक केहि नखाएको । मन लागे पो खानु । ‘नाई दाई आज नी खानु मन छैन ।’ यति मत्र के भनेको थिए अगि बयान सिकाऊने नाईके जुरुक्क ऊठेर पुरै शरिरमा लात नै लात बजायो र भन्यो ‘त मरिस् भने तेरो बउने जिम्मा लिन्छ मा…….। ल खाना न खा तर आज सबैको थाल तैले माझ्ने हो बुझिस् मादर……..।’

घरमा कहिले केहि नगरेको म त्यो दिन सायद ३८ वटा थल माझेको थिए । सबै सक्दा एक घण्टा जति लाग्यो होला मलाई । बिहानको लगबक एघार बजे फेरी मेरो नाम आयो । एक जना पुलिस आएर ‘ल तँ अदालत जाने हो बाहिर निस्की ‘ भन्दै ढोकाको ताल्चा खोल्यो र मलाई निकालेर फेरी हातमा हतकडी लगाइदियो ।

मलाई बाहिर निकालियो जहा ‘नेपाल प्रहरी ‘ लेखेको निलो गाडि तयार थियो । मलाई अदालत लान अनी एक अपराधी भनेर पेश गर्न । गाडिको अगाडिको सिटमा थियो त्यही दुई तारावाला अग्लो मानिस निलै पोशकमा । पछाडी मलाई राखियो संगै तिन जना गार्ड पुलिस । दुईजनाको हातमा बन्दुक र अर्कोको हातमा बेदको लौरो ।

सायद पाँच मिनेटको बाटो थियो होला जि्ल्ला प्रहरी कार्यलयबाट र जिल्ला अदालत पुग्न । अदालत संगै सरकारी ओकिल कार्यलय । खै किन हो मलाई पहिला अदालत नलगी ओकिल कार्यलय पो लगियो ।

तिन तले भवन माथि जिल्ला सरकारी ओकिलहरुको कार्यलय लेखेको । हुन त मलाई त्यो भवन नौलो थिएन किनभने त्यो भवन बन्दा म आफै त्यहाँको सुपरभाईजर थिए । तर बनिसकेपोछो पहिलो पटक आएको थिए । एउटा लागु औषधको गिरोह अपराधी बनेर ।

मालाई सिधै माथि दोस्रो तलामा लगियो । जहा एउटा गुम्ने कुर्ची मा चस्मा लगाएका मनिस बसेका थिए । अनि मलाई देख्दा बित्तिकै उनले सोधै ‘तपाई नै हो हजार रुपैया नाफा लिदै लागु ओषध बेचने’ ? भनेर । खै मलाई किन हो झनक्क रिस उठ्यो र कहाँबाट जोश आयो । तिन दिन देखी केहि नखाएको भएपनि जोश निकालेर भने ‘मैले तपाईलाइ कहिले मैले लागु औषध बेच्चु भने ? म त प्रोगकर्ता मात्र हो । नभएको आरोप किन लगाउनु हुन्छ । तपाईहरुको प्रमोशनको लोभको नभएको आरोपमा कति जिन्दगि ब्रवाद भयो र हुने तरखरमा छ होला । तपाईहरु जस्तो सरकारी निकाए ओकिल र पुलिस भन्दा त बरु हामी जस्तो ड्रग एडिन नै ठिक। ‘

मैले त्यति मात्र के भनेको थिए त्यो ओकिल त यति रिसायो । र पुलिसलाई भन्यो सहिसाहेव ल ‘यस्को यहा बयान सकियो तर त्यहाँ यस्तो बयान बनाउनुस् कि हाम्रो अनुवार जिन्दगी नभुलोस् ।’ उसको जवाफमा त्यो दुई तारावाला पुलिसले “तपाई चिन्ता नगर्नु यस्को औषधी म संग छ’ भन्यो ।

फेरो त्यहाबाट निकालियो मलाई । हतकडि लगाएर निकै क्रोधको साथ घिसार्दै अदालत तिर लगियो । तर अचम्म अदालतको ढोका के आएको थियो यस्तो व्यहवार गरे कि मानो म उनीहरु भन्दा ठुलो हो । भित्र लगियो इजलास् नं ३ मा । न्यादिश थिए हेर्दै भलाद्मी र नर्म। सार्हे साम्रो संस सोधे के भएको भनेर । मैले “म लागु औषध सेवक चाहि हो श्रीमान तर बेचेको छैन अहिले सम्म । अनि त्यहाँ देखाएको जति पनि ब्राउन सुगर म संग पक्डेको होईन” भने । त्यति मात्र भनिन बिहान देखि भइएको दुरव्यहवार पुलिसको साथै ओकिलको पनि भने ।

सबै कुरा सुनेपोछि न्यादिशले पुलिसलाई नपिट्न र तथ्य सत्य बुझेर मात्र बयान गर्नु भनेर दस दिनको म्याद थपिदिए। साच्चि न्यादिशको त्यो कुराले बिहान खाएको पिटाई र यातान सबैमा ठुलै रहात दिएको थियो मलाई ।हातमा हतकडि थियो । मनमा तनाव थियो । तर पनि अदालतबाट निस्कने बेला मनमा केहि आशा थियो । के को आशा म अहिले पनि भन्न सक्दिन ।सायद यातना पाउदिन भन्ने कुराको अथवा निश्पक्ष छानबिन हुने भो र केहि धरौटिमा छुटेर घर जान्छू भन्ने आशामा ।अदालतबाट पनि फर्कियो त्यसरी नै जसरी गइएको थियो ।

बिलुकाको छ बजे । अफिसको टाइम सकिसकेकोले होला जिल्ला प्रहरी कार्यलय शान्त थियो ।दिनभर तातेको हावा पनि सितल भएको थियो बाहिर तर भित्र भने सासै सासको तातोले पुसको जाडोमा पनि गर्मी हुन्थ्यो होला । त्यो त झन् बैशाख महिनाको प्रचनड गर्मी । अनि चालिस जनाको निराश् अनुवार । त्यही बेला त्यो दिनको तस्रो पटक मेरो नाम आउछ । फेरी मुद्दा फाटमा जाने भनेर ।

बिहान जस्तै निकालियो । हतकडि लागाईयो । अनि लगियो मुद्दा फाट। त्यो पटक चाहि बिहान जस्तो दुई जना मात्र होईन चार जना पुलिस मानिस थिए । त्यो मध्य दुईवटा बिहानकै अनुवार । भित्र के छिर्न मात्र पाएको थिए ठाडै ढाडमा बेदको लौरी पर्यो । ऐया भन्न नपाउदै अर्को । अनि जर्को फेरि अर्को। कति कति । त्यो जिल्ला प्रहरी कार्लयको शान्त माहोल मेरे चिच्चाहाटले बिथोलेको थियो होला ।

दुखाईले अचेत भएर लडेको थिए म । आवाज आयो ‘साला दिनमा तैले नै होईन पुलिस भन्दा हामी ठिक । हाम्रो प्रमोशनको लोभमा तिमीहरुको जीवनसंग खेलवाड गरने भनेको । ला.. ख.. मु….’ फेरि पर्यो अर्को लाठी शरिरमा ।त्यही बेलामा एउटाले आठ/नौ पन्नाको कागज ल्यायो अनि हतकडिले बानेको मेरो हातबाट जबर जस्ति औठा छाप लगाईयो ।

त्यसपोछी फेरी सुरु भयो पिटाईको क्रम । पहिला त बरु हातमा मात्र हतकडी थियो पोछि त खुट्टामा पनि । अनि चार जनाले चारतिर जता मन लाग्यो त्यतै । जहा मन लाग्यो त्यही । आमाको गाली दिदै । पिटाई खादा , खादा कति बेला अचेत भएछु थाहा भएन तर होस् आँउदा त्यही कोठाको कुनामा थिए ।

औठमा घाउ थियो जस्को दाग अहिले सम्म निको भएको छैन र हुदा पनि हुन्न होला कहिल्यै । खुट्टाको पैतला निलो थियो तर अहिले चाहि ठेला भएको छ र अझै चसक्क दुख्छ । जब त्यो घाउको दाग र खुट्टाको ठेला अहिले देख्छु मन चिसो हुन्छ । र निलो पोसकवाला पुलिस बाटोमा देख्यो कि झस्ङ्ग हुन्छु र खै के कुराको भित्रैबाट डर लागेर आउछ । अनि फेरि मन पुग्छ त्यही कोठामा , त्यही ठाँउमा अनि त्यही समय जुन म जति भुल्न खोज्छु त्यती नै सम्झन्छु ।

( यो एउटा काल्निक कथा हो र कसैको जीवन संग यस्को कुनै सरोकार छैन )

(स्रोत : Writingnepal.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.