कविता : समयको किनबेच

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

हिजोको वास्तविक मुल्यमा
इच्छा अनुसार मुल्य बृद्धि गरेर
त्यसैलाई आज थोरै घटाएर
छुटको व्यापार चलाएको छ
सहुलियतमा युवाहरुले किनमेल गरिरहेका छन्
युवाहरुले पनि सहुलियतलाई प्रयोग गरिरहेका छन्
युवाहरु फाइदा लुटिरहेको ठान्छन्
तर छुटको व्यापार गर्नेहरुले उल्टो लुटिरहेका छन् ।
आजभाली सहुलियतका सामानहरुले
वैठक कोठा भरिएको छ ।
मान्छेहरु हिजो वितेर गएका जीवनका अंशहरु
आज त्यहि मुफतमा पाएका सहुलियतसंग
फेरि पनि जिउन पाए रमाइलो हुन्थ्यो भनेर कल्पना गर्छन्
कल्पनामा रमाइरहन्छन्
पुराना यादहरुमा फर्किन चाहन्छन्
वर्तमानका प्रत्येक रमाइला पलहरुलाई बेवास्ता गरेर
वितेका पलहरुलाई रमाइलो मानेर खुसी हुन्छन्
रोमान्चित हुन चाहन्छन् ।
वर्तमानलाई भविष्यको रेखासम्म तानेर लाने
महत्वाकांक्षा र शोखले
मानिसलाई असन्तुष्ठ वनाएको दखिएको छ ।
आप्mनो फाइदाको लागि मानिस
गिर्न सक्ने हदसम्म गिर्छ
बास्तविकता अनि यथार्थतालाई लुकाएर
मोहभावमा अग्लो वनाउंछ
सवथोक पछि छोड्छ ।
छोडिएका विगतमा तिक्तता मिसाएर रमाउन चाहन्छ ।
समय मान्छेलाई छोडेर भागिरहन्छ
मान्छे समयलाई पछाइरहन्छ
र पटक पटक विगतलाई समाएर रमाउंछ ।
गल्तीहरु नदोहोराउने संकल्प पिएको समय
ठुलो वर्तमानले बोकेको छ
युवाहरु त्यसैको किनवेचमा लागेको छ ।
समयको किनवेच फस्टाउंदो छ ।

(२ जुलाई २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.