~क्षेत्र प्रताप अधिकारी~
कस्तो होला हिमालको हिउँ पग्लेपछि
कस्तो होला समुद्रको पानी अग्लेपछि
सुन्दा पनि डरै लाग्छ
देख्नु परे के के होला नि !
हिउँबिनाको सगरमाथा
लेख्नु परे के के होला नि !
कस्तो होला पँधेरीमा पानी सुकेपछि
कस्तो होला अँधेरीमा जूनै लुकेपछि
हैन हैन सत्य हैन
यस्तो पनि हुनु हुन्छ र !
यति सुन्दर सिर्जना
भत्काएर रुनु हुन्छ र !
कस्तो होला हावापानी नभएको माटो
कस्तो होला बाटोघाटो सबै तातो तातो