कविता : तिमि मात्र सत्य होइनौं

~शशी लुमुम्बु~Shashi Lumumbu

यस पृथ्वीमा —
तिमीजस्ता धेरै मानिसहरू बस्दछन्
तिमी जे सोच्दछौ
त्यो तिनीहरू पनि सोच्न सक्दछन्

तिमी जे बोल्दछौ
त्यो तिनीहरू पनि बोल्न सक्दछन्

देख्दछन् तिमीले झैँ
उनीहरूले पनि सुन्दर सपना
नठान— ममात्रै सत्य हुँ
र, भ्रम हुन् अरु सबै….!

सत्य हो —
तिमीसँगै उभिएको खिर्राको बोट
आँखैअघिल्तिर फुलेको चुवाको रूख
र, घोरअन्धकारको भाइरस
‘किल’ गर्दै
पूर्वक्षितिजमा उदाइरहेको बालक
सूर्य !
मूच्र्छा पर्दै
बौरिँदै
मरुन्जेली खोक्दै
ओरालैओरालो झरिरहेको बूढो जोगी
उसैलाई पछ्याइरहेको नौजवान खहरे
र,
छेवैको घनाजङ्गलबाट
सर्वत्र फैलिरहेको
रगतको आलो गन्ध
सबै सत्य हुन्…..
तिमीमात्र सत्य होइनौ ! ू

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.