~नारायण पोखरेल~
भर्खर एसएलसि सकिएर +2 शुरुवात गर्दै थिए । एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको थिए ।सानैदेखि प्रथम हुदै आईरहेको म एसएलसि मा दोश्रो श्रेणिमा उत्तिर्ण भएको हुदा मेरो पढाई अोरालो लागेको थियो ।पढाइतिर त्यति चासो पनि दिएको थिएन । लाग्थ्यो कोहि पढ्नै नखोज्ने साथि बनाऊ ,र मज्जाले गफ गरेर बस्ने साथि बनोस ।सानैदेखि हाँस्ने बानि मेरो ,कसैको राम्रो कुरालाइ मजाकको कुरामा उडाईदिने यो त मेरो बानि नै बनिसकेको थियो ।त्यस माथि साथि पनि त्यस्तै खोजिरहेको थिए ताकि मेरो यो सबै कुरामा साथ दियोस ।र साथि बनाए पनि ।
मेरो मनमा लाग्थ्यो यि सबै +2 का बिध्यार्थि हरु पढ्न छोडेर म जस्तै गरि रमाउन तिर लागिरहुन, तर यो सम्भब हुने कुरा भएन ।क्लासमा साथिहरु संग जिस्किने , कसैलाई बेबकुफ बनाएर हाँस्ने बाटो बनाउने त मेरो बानि नै थियो ।र म त्यहि कसैलाई उडाउने र त्यस मा हाँसेर मनोरन्जन लिने काम गरिरहें ।नयॉ नयॉ बिध्यार्थि भर्ना हुने क्रम भईरहेको थियो । कोहि आफ्नै साथिहरु त कोहि अर्कै स्कुल बाट भर्ना हुने क्रम बढिरहेको थियो ।सानैदेखि पढाईमा त्यति चासो नदेखाएता पनि म राम्रै पोजिसनमा देखिएको थिए ।साथिहरु थपिने क्रम जारिनै थियो ।मलाई नयॉ मान्छेहरु संग घुलमिल हुनु कुनै ठुलो कुरा थिएन , जोसुकैलाई पनि आफ्नो नजिक बनाएर नै छोड्थिए ।चाहे त्यो राम्रो कुरामा होस् या मजाकमा होस् । साथिहरु बटुल्दै गए यहॉसम्म कि अहिले सम्म जतिपनि बिध्यार्थि नयॉ भर्ना भईरहेका थिए ति सबै संग घुलमिल भईसकेको थिए ।नयॉ थपिदै पनि थिए ।नयॉ थपिने क्रममा मेरो आँखा एक सुन्दर केटि तिर पर्यो ।झ्याप्प हेर्दा तेत्ति बर्णन गर्ने जस्तो त देखिदैनथि ।झ्याप्प हेर्दा पढाईतिर मात्र ध्यान दिने खालको मात्र देखिन्थि ।
कता कता मन भित्र भित्र त्यो केटिलाई राम्रो मान्न लागेछु ।नजिक पर्नको लागि ठुलो कुरा नभएतापनि म उ माथि राम्रो द्रिष्टिले देखिने सोच आयो । स्कुलमा एक सय एक केटि साथिहरु पनि थिए तर उनिहरु लाई साथि मात्र साथिको रुपमा मानेको थिए अहिलेसम्म । तर त्यो केटि देख्दा बाट मलाई लाग्छ मन पराइसके ।उसको नजर म तिर बढाउन हरेक कुरामा जोड दिईरहेको थिए ।र उसले पनि बेला बखत म तिर नजर लगाउथि ।कहिले काँहि हाम्रो नजर जुध्थ्यो र उ मुस्कुराउथि र म पनि मन भित्र भित्र सफलताको महसुस गर्ने गर्थे ।ब्रेक टाईम मा खाजा खानको लागि निस्कन्थ्यो । उ आफ्नो ग्रुपमा आफ्ना साथिहरु संग हुन्थि र म मेरा साथिहरु संग हुन्थे। मेरा साथिहरु केटिहरु जिस्क्याउथे र म पनि बेला बखत उनिहरु लाई साथ दिदै गर्थे ।म केटिहरु लाई जिस्क्याउन कम गरिसकेको थिए यो कारणले कि म त्यो केटि लाई गुमाउन चाहिरहेको थिएन । यसै गर्दा गर्दै हामि अलिक नजिकिन पुग्यौ ।अब छुट्टा छुट्टै खाजा खान जाने , संगसंगै जान थाल्यौ । हाम्रो आपसमा धेरै कुरा हुन थाल्यो । सबै कुराहरु शेयर हुन थाल्यो । मैले उसलाई यतिबेला सम्म भनेको पनि छैन कि म उसलाइ मन पराउछु । स्कुल मा कसैले उसलाइ जिस्क्यायो भनेपनि मलाइ रिस उठ्थयो । हामि अलिक झ्याम्मीन लाग्यौ । मेरो कुरा उसलाइ र उसको कुरा मलाइ सबै थाहा भैसकेको थियो । स्कुल सकिएपछि हामि संगसंगै निस्कन्थ्यौ र संगसंगै आउथ्यौ ।सबै साथिहरुले सोच्न थालिसके कि उसको र मेरो प्रेम सम्बन्ध हो । तर मैले भने अहिले सम्म आँट पनि गर्न सकेको थिएन कि “म तिमिलाई मन पराउछु ” भन्न को लागि ।कहिले काँहि संगै हिड्दा कोहि साथिहरु ले जिस्क्याउथे “क्या जोडि छ ” भन्दै तर त्यतिबेला उ खुब रिसाउथि र मलाई भने भित्र भित्र आनन्द आइरहन्थ्यो । मैले एक दिन उसलाइ प्रेम प्रस्ताब राख्ने निर्णय गरे । मैले सोचेन कि हाम्रो यति राम्रो सम्बन्ध कतै तोडिने पो होकि ? मैले सोचेन कि उसको जवाफ के होला ? र मेरो निर्णय अडिग रहने भयो । बिहान को क्लास थियो , सबै साथिहरु जम्मा भईसक्यौ ।र उ पनि म भन्दा पहिले नै आएकि थिई । क्लास शुरु भयो , अनि ब्रेक टाईम मा हामि संगै भयौ । नास्ता खानको लागि हिड्यौ ।बाटोमा हिड्दा उ र म मात्र भयौ , यहि मौका पारि मैले प्रेम प्रस्ताव राखे । मौका यस अघिपनि नपाएको होईन तर यस अघि मेरो आत्मबल देखिएन भन्नको लागि । एक छिन त उ अल्ल मल्ल परि र म पनि मनमा धेरै कुरा खेलाएर चुप रहेँ । उसले केहि सोच्नै सकिन होला सायद ।अनि त्यति नराम्रो रुपले लिईन त्यस कुरालाई । र उसले भनि ” कसैलाई मन पराउनु स्वभाविक हो तर बिचमा गएर धोका दिने मान्छे मन पर्दैन ।” मैले पनि त्यो कुरामा सहमत दिलाएँ ।अनि उसले भोलि सम्म पर्खनु भनि र म त्यसमा पनि सहमत भएँ । मेरो मनमा त्यस पछि अरु केहि पनि सोच्ने शक्ति आएन सिर्फ त्यसको उत्तर मा मात्र सोचिरहेँ । हुन्छ भन्छे कि हुन्न भन्छे होला यहि मात्र सोचाइ मा पर्यो ।
उसको र मेरो जातभात सबैकुरा मिल्नेहुदा घरपरिवार संगको कुनै सरोकार नै नहुने भयो । त्यसै राजि हुन्थे । अनि यहि सोच्दै बसिरहे ।सोच्दा सोच्दा रातको २:०० बजिसकेछ । अनि सुत्न लागेँ ।सपनामा पनि उसैको झल्को देखिन्थे ।अनि बिहान उठेर , तयारि भईसकेर म स्कुल तर्फ लागेँ बाटोमा हिड्दा पनि भगवान संग पनि पोजेटिभ उत्तर को चाहाना राखेँ ।यत्तिकैमा स्कुल पुगेँ । सधै म भन्दा पहिले आउने ऊ , त्यो दिन म पुग्दासम्म पनि आइसकेकि थिइन । मनमा खुल्दुलि भयो ,”कतै उसले ईन्कार गरेकि त होइन ” । केहि बेर को पर्खाइ पछि उसको आगमन भयो । बल्ल मन प्रफुल्ल भयो ।के भन्छे होला उसले ? त्यहि सोच्दैछु अझै । सधै जस्तो पढ्य्यौ ।अरु सभै फुलमा झुमिएका माउरि झै गरि घोरिएर पढिरहेका थिए , म भने उसैलाई हेरिरहेको थिएँ । बेलाबखत् म तिर हेरेर आँखाको ईसारा ले पढ्न लागाउथि । के को मान्थियो र मन एकछिन त ध्यान दिन्थँ फेरि आँखा उतै जान्थ्यो । यसैगरि ब्रेक टाइम शुरु भयो अनि सधैको जस्तै खाजा खानको लागि निस्क्यौ ।अनि म बोल्न नपाउदै उसको मुखबाट आवाज निस्कियो ।त्यो आवाज थियो मन्जुरिको ।अनि मेरो खुसिको सिमा नै हरायो । अस्ति अपरिचित थियौ , हिजो साथि भयौ र आज आएर प्रेमि प्रेमिकामा परिणत भयौ ।र केहि समय पछि हामि आपसमा बिहे गर्ने निधो गर्यौ । घर परिवारको पनि सल्लाह राम्रै आयो ।र बिहे पनि गर्यौ ,अब पति पत्नि बन्यौ । घरमा जताततै हर्षउल्लास छाइरहेको थियो । आफन्त ,साथिभाइ , छिमेकिहरुबाट बधाईको ओइरो नै लाग्यो । त्यो दिन राति करिब १२:०० बजेतिर म बाहिर निस्किएँ । बाहिर खरको छानोसितको सानो छाप्रो बनाईएको थियो । जहॉ एकओटा सानो टेबुल र दुईओटा कुर्सी राखिएको थियो । आधा मात्र बारिएको थियो त्यो छाप्रो ।त्यहॉ बसेपछि वरिपरि का द्रिश्य पुर्ण रुपमा देखिन्थ्यो । र म त्यहि ठॉउमा गएँ । बाहिर पानि परिरहेको थियो , चट्याङ का ति लस्कर प्रकष्ट देखिन्थ्यो ।म त्यो कुर्सीमा बसेको थिएँ , मेरो बिपरित दिशा को कुर्सी खालि थियो ।मेरो अगाडि कागजको दुई टुक्रा र कलम थियो ।
त्यहि दुईटुक्रा कागजमा दुईचार शब्द लेख , त्यस माथि तिमि , यि सबै कुराको मालिक “म” केवल कल्पना मात्र ..!!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)