~निश्चल काउचा~
देश बोक्ने काधहरु देखिन मैले यहा कतै
धुवै धुवा देखे मैले जव म उठे सवेरै
राज चलाउने सबै रैछन लुच्चा र लम्पट
देशलाई बनाएछन भालुको कम्पट
पैतलाले कुल्ची हिडने माटो सुघी हेर
आमाको आशुको गन्ध आउदैछ
कति लड़छौ भाई भाई अब त अति भो
पराईले पनि गिद्दे दृष्टि लगाउदैछ
बर्लिनको पर्खाल ढल्ला , ढल्ला ग्रेटवाल
तर ढल्ने छैन हाम्रो राष्ट्रियताको धरोहर
छोड हितलर र जंग बहादुरका कुरा
गर्नु छ सबै नेपाली जनले बुद्धको मार्ग शिरोपर
-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)