~कुन्दन काफ्ले~
प्रेम रस वहाउँदै हिडेकी हे सुन्दरी ।
मलाई हेरी छड्के नजर नलगाउन घरी–घरी ।
छन् धेरै आफ्ना तिम्रा शुभचिन्तक वरिपरी ।
भीड यो शहरमा हेर छन् मान्छे थरी–थरी ।
क्षमाशील, त्यागी तिमी दया की मिसाल हौ ।
स्वन्दर्य कि रानी तिमी स्नेह की उछाल हौ ।
ममता कि खानी तिमी निष्ठा की पर्खाल हौ ।
उपकारी गुणी तिमी नटुङ्गीने सवाल हौ ।
बनायो ईश्वरले तिमीलाई सारा वात्सल्य समेटेर ।
माया, प्रेम, अनुराग, सुर सारा लपेटेर ।
तिमीमा अदाकारी साथै सदाचारी अतित छ ।
चंचल तिम्रो रुप देखी मालिक स्वयम् चकित छ ।
००
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )