गीत : भूँईचालो गएपछि

~राजेन्द्र थापा~Rajendra Thapa

भूँईचालो गएपछि हलचल त भईहाल्छ
जिन्दगीकै उलटपुलटमा खलबल त भईहाल्छ

हृदयको छोड आँसु पुछ्दै साईतमा
नयाँ यात्रा थाल्दा केही अलमल त भईहाल्छ

छेक्ने किनारै लहरेले फोडेको बेला
जिन्दगी नै केही बेर जलथल त भईहाल्छ

बोझ बोकेर धेरै उन्मादी भेल चिर्दा
संसारकै डुङ्गा पनि ढलपल त भईहाल्छ

धेरै सोध्यो धेरै बोल्यो भनी नरिसाउ
मुटु बाँड्ने कुरा उठ्ता छलफल त भईहाल्छ

शब्द – राजेन्द्र थापा
स्वर – कुन्ती मोक्तान
संगीत – शीलाबहादुर मोक्तान
एल्बम – मनको सपना

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.