~नारायण पोखरेल~
अक्सर यस्तै हुन्छ ।कुनै सपनाको कारण आधा रातमा निंद टुट्छ । म एकदम हडबडाएर उठ्छु । निंद टुटेपछि केहिबेर सम्म मलाई नै थाहा हुदैन कि म कहाँ छु ? कुन कोठामा छु ? कस्को घरमा छु ? कुन सहरमा छु ? जब पुरै होस् मा आउँछु तब मात्र थाहा हुन्छ म जापानको आफ्नै कोठामा रहेछु । यस्तो सिर्फ रातमा मात्र हुदैन । दिउसो पनि कहिले काहिँ थकित भएर सुतेको हुन्छु तब निंद खुल्यो भने एकैछिनको लागि चिन्दैन आफ्नै कोठालाई , म स्तब्ध भएर अगाडिका कुर्सी , टेबल , टि.बी , किताबहरुलाई हेर्छु । सब चिजहरुलाई यसरी हेरिरहेको हुन्छु कि यि चिजहरुसँग मेरो कुनै सम्बन्ध नै छैन । केहि क्षणको लागि लाग्छ म कोहि अन्जान मान्छेको कोठामा घुसेको रहेछु । यो सब् .. यो कोठा , यो घर साँच्चीकै अन्जान जस्तो लाग्छ । यो त बस् एक भ्रम मात्र हो । मेरो घर हो , मेरो सहरको घर .. धेरै बेचैन हुन्छु म । धेरै सोँचहरु आउछन् । मेरो घर यो होईन त म यहाँ के गर्दै छु ? किन आजसम्म रोकिईरहेको छु यो सहरमा ? र सहरको यो घरमा ? जुन मलाई अन्जान जस्तो लागिरहेको छ ? जे सोँचेर आएको थिएँ यो सहरमा के मैले त्यो चिज पाएँ ? छैन .. त फेरी किन यहाँ रोकिईरहेको छु त ? रातको आधा निंद मा र आधा होस् मा यो सबै प्रस्न ले मलाई पागल बनाउँछ ।
सिर्फ मलाई मात्र होईन घरबाट बाहिरीएका अधिकतम मान्छेहरुलाई यस्तै हुन्छ होला । खास् गरेर ति मान्छेहरुलाई जो केहि सपना लिएर दोश्रो सहरमा आएका हुन्छन् र त्यो सपनालाई पुरा गर्न सक्दैनन् । त्यो समयमा घर फर्कने कुरा दिमागमा बहुद तेजले घुमिरहेको हुन्छ तर म त्यो कुरालाई मनको कतै भित्र कुनामा धकेलिदिन्छु । मनभित्रबाट आवाज आउँछ ” तँ बेबकुफी काम गरिरहेको छस् । कुन चिजको पर्खाई छ अब ? जो तँलाई चाहिएको छ त्यो अझै मिलेको छैन । सायद मिल्ने छैन ..! र कति पर्खाईमा बस्छस् ? जा फर्केर आफ्नै सहर । ” मैले यो मनका कुराहरुलाई नसुनेको जस्तै गर्छु । एक पटक घर छोडेपछि घर खालि हात फर्कन सजिलो कहाँ हुन्छ र ? हो घर फर्कन सजिलो पनि हुन्छ होला , तर त्यो मान्छेहरुलाई हुन्छ जो जुन मनशाय लिएर आएका छन् दोश्रो सहर , उनिहरुले त्यो मनशाय पुरा गर्छन् अनि घर फर्कन्छन् । तर म जस्ता घरमा फर्कन सजिलो छैन । यसै खालि हात फर्कन कोहि चाहन्न पनि ।
अब त यो सोँच्न पनि मुस्किल भईरहेको छ । जब ३ बर्ष पहिले आफ्नो घरबाट निस्किएको थिएँ । पढाई र कमाई दुबैको लागि दोश्रो सहरमा । तब मेरो साथमा एक ब्याग र सुटकेस मात्र थियो । अब अहिले हेर्छु मैले यहाँ कति सामानहरु एककट्ठा गरेर राखेको छु । हैरान हुन्छु कि मैले कति सामान जम्मा गरेछु घरमा । घरका सबैकुरा याद आँउछ । त्यो कोठा याद आँउछ । सरस्वति माँ को तस्बिर , हनुमान जि को मुर्ति , केहि कपडा , केहि किताब , र एक टेपरिकर्डर यि सामान भन्दा म सँग अरु केहि थिएन । त्यो समयदेखि लिएर मलाई यस्तो लाग्छ दोस्रो घर बनाएँ यहाँ आएर । धेरै मान्छेहरुलाई यो नर्मल लाग्छ । तर मलाई हैरानी हुन्छ । थाहा छैन किन कुन कुरामा ? घरबाट निस्किएको ३ बर्ष भयो । थाहा पनि भएन ..! समय यसरि नै त बित्छ । होईन होईन बित्ने समय होईन बित्ने हामि स्वयं हो ।
३ बर्ष अगाडि जब यहाँ आउदा के के सोँचेको थिएँ । आँखामा कति सपना बोकेर आएको थिएँ । के भयो ति सपना ? कसरि र किन ति सपनाहरु टुटे वा कतै पैतालाले कुल्चिए ? मलाई त्यो पनि थाहा छैन ।केहि मेरो गल्तिहरु होलान् केहि समयको पनि ।मलाई माया गर्ने स्मारिका पनि थिईन् । ३ बर्ष पहिले हिड्ने बेला जो स्मारिकाले मलाई दिएकि थिईन् ,केहि चिठ्ठिहरु , केहि उनले आफ्नै हातले प्याक गरेका खाजा ,उनले दिएका गिफ्टका सामान जस्ले मेरो ब्याग भरिएको थियो । उस्को प्रेम र उ । उ मेरो साथ थिई मेरो नजिक । जुन दिन (म घरबाट निक्लनु भन्दा अघिल्लो दिन ) ,याद छ । उनले भनेकि थिईन् ” तिमी म बाट टाढा जाने होईनौ । मलाई पाउनको लागि तिमीले पहिलो कदम उठाउन जादै छौ । ” आज सोँच्छु त लाग्छ जे पनि लिएर म ३ बर्ष अगाडि हिडेको थिएँ .. सबै चिज नै त छुट्यो पछाडि । उस्को साथ , उस्को प्रेम । सबै चिज कहाँ पछि छुट्यो । यति सामान मैले ३ बर्षमा भरेँ र पनि लाग्छ कति खालि खालि छु म ..!!
रातको गहिरो निंदमा जहिले आवाज सुन्छु , लाग्छ उनी म सँग कुरा गरिरहेकि छिन् । भएको केहि थिएन लाईट कटेको थियो र म सुतिरहेको थिएँ । झ्याल खुलै थियो , थाहा छैन मलाई किन यस्तो भ्रम हुन लाग्यो कि स्मारीका त्यो झ्यालको नजिकै उभिएकि छिन् । र मेरो लागि त्यहि गित गाईरहेकि छिन् , जुन उनले अक्सर गुनगुनाउथीन् ” लग जा गले ..” म बिस्तारामा नै आँखा बन्द गरेर पल्टिरहेको थिएँ । यो पागलपन हो , तर यो रात मलाई यस्तो लाग्यो स्मारीका यहाँ मेरो कोठामा छिन् । र डर मलाई यो पनि थियो कि जब मैले आँखा खोल्छु स्मारीका गायब हुन्छीन् । र यहि डरले नै मैले आफ्नो आँखा खोलेको थिएन । स्मारीकाको आवाज मैले सुनिरहेको थिएँ ।उनी कोठामा छिन् भन्ने भ्रम पालिरहेको थिएँ । तर त्योर् भ्रम टुट्न थियो त्यो टुट्यो नै । अचानक लाईट आयो र मेरो आँखा खुल्यो । कोठामा भएको त्यो मेरो भ्रम र स्मारीकाको त्यो आवाज गायब भयो ,लाग्यो सबै लाईटले करेन्ट जस्तै गरेर बटुलेर लग्यो ।
मलाई अक्सर यस्तो लाग्छ , जब म घरमा एक्लै हुन्छु स्मारीका लुकेर बिस्तारै मेरो नजिक आउछीन् ।म सँग कुरा गर्छिन् , एक छाँया जस्तै गरी म सँग सँगै हिड्छिन् । मेरो पुरै घरमा अधिकार जमाउछीन् । एक्लै घरमा बस्दा सायद यादहरु नै छाँया बनेर मेरो पछि पछि हिडिरहन्छन्। उस्लाई रोक्नेवाला कोहि हुदैन । कोहि पर्खाल हुदैन कि ति यादहरु र ति छाँयाहरुलाई रोक्न सकौँ । त्यो छाँया म सँग नै रहन्छ । म उठ्छु , बस्छु , सुत्छु उनी मेरो साथमा नै जसो गर्यो त्यसै नै गरिरहेकि हुन्छीन् । स्मारीका को याद भन्दा अरु कोहि यहाँ मसँग हुन्थ्यो त यो मेरो छाँया पनि म बाट टाढा हुन्थ्यो होला । जब स्मारीका पनि एक्लै हुन्छीन् के मेरो छाँया उनिसँगै रहन्छ होला ? कति पटक सिंडीहरुमा , बालकनिमा उभिएर स्मारीका सँगै कुरा गरिरहेको हुन्छु । बस् उनीसँगै नजिक भएको भ्रम हुन्छ म मा । उनी मेरो साथमा उभिएकी छिन् । एकरात पनि यस्तै भयो , म अबेर सम्म सुतिरहेको थिएन , उठेर बालकनिमा पुगेँ । त्यसपछि मलाई यो भ्रम हुन लाग्यो कि , स्मारीका मसँगै आएर मेरो अगाडि नै उभिएकी थिईन् ।कति कुराहरु गरेँ स्मारीकासँग । मान्छेहरलाई यो कुरा गरेँ भने पागल भनेर मेरो कुरा हाँसोमा उडाईदिन्छन् । तर मलाई यस्तै नै हुन्छ । स्मारीका यसरी नै मेरो साथमा रहन्छीन् जहिले ।
आधा रातको समयमा मैले अजिब अजिब सपनाहरु पनि देखिरहेको हुन्छु । त्यो सपनाको अर्थ के हो मैले आजसम्म बुझ्न सकिरहेको छैन । एक पटक उनीलाई देखेको थिएँ सपनामा , म एक पुलमा उभिएको थिएँ । स्मारीका पुलको दोश्रो तर्फ बिपरित तर्फ उभिईरहेकी थिईन् । र त्यो पुल बिचबाट टुटेको थियो । स्मारीका सम्म पुग्नको लागि कुनै बाटो थिएन । तल गहिरो ताल थियो । र मैले सोँचिरहेको थिएँ म कुनै पनि हालत मा स्मारिका सँग पुग्छु । तर कुनै बाटो पनि नजर आईरहेको थिएन । दोश्रो तर्फबाट स्मारीकाको डराएको आवाज सुनिईरहेको थियो । उनि रोईरहेकि थिईन् । मलाई आफुसँगै बोलाईरहेकि थिईन् । स्मारीकाले भनिरहेकि थिईन् ” आउँ होईनभने मलाई लिएर जान्छन् सधैको लागी .. तिमी बाट टाढा ” । म अगाडि बढ्ने तरखरमा थिएँ । त्यतिबेला नै धेरै ठुलो धमाका भयो र म निद्राबाट बाहिर निस्किएँ। म धेरै डराईरहेको थिएँ त्यो सपना सम्झेर ।जगमा रहेको पानि पिएँ र छेउ मा रहेको मोबाईल उठाएर हेरेँ ।बिहान चार बजेको रहेछ । सोँच्छु स्मारीकालाई सपनामा यसै समयमा नै किन देख्छु ?
म यो सपना देखेर जति डराउछु त्यति त मैले भुत प्रेत वाला कहानि अथवा सपना सँग पनि डराउदैन । जब स्मारीकासँग बिछोडिनेको सपना देख्छु स्मारीकालाई आफुबाट टाढा टाढा गएको देख्छु तब डराएर उठ्छु । अब डराउनको लागि कुनै ठाँउ छैन स्मारीका टाढा पुगिसकेकि छिन् र पनि अझै म डराउछु यो सपना देखेर ।
हर दिन बेलुका यस्तै कति कुराहरु चल्न थाल्छन् । स्मारीकाको धेरै कुराहरु याद आउछन् । धेरै कुराहरु मनले भनिरहेको हुन्छ । कतिपय कुराहरु मैले लेखिरहेको पनि हुन्छु । म लेख्दै गर्छु मनमा चलिरहेका कुराहरुलाई ।उनको साथमा लेख्ने मलाई ईच्छा छ । मैले लेखेर भएपनि मनलाई थोरै सान्त बनाउन सक्छु । र उनीहरुको बारेमा सोँच्छु जो लेख्न सक्दैन आफ्नो मनका कुराहरु , न कसैसँग भन्न नै सक्छन् । उ घचेटिदै ,थिचिदै रहेको हुन्छ भित्र भित्र । स्मारीकाले नै भनेकि थिईन् ” केहि बाहाना मिल्दैन लेख्नको लागि केहि दिमागमा आएन भने , जतिपनी गालि तिमीलाई आउछ , मलाई भन्नुको लागी त्यो सबै लेख्नु । खुब गालि दिनु मलाई साँच्ची बहुद सान्त हुनेछ तिम्रो मन । “
(स्रोत : रचनाकारको ब्लगबाट सभार)