~अरुणबहादुर खत्री “नदी”~
सृष्टि सिर्जनाको यस संसारमा
मान्छे भएर जन्मेपछि
केही आशा अनि उमङ्ग लिएर
उभिएका ती मनहरू
जन्मेर आफ्नो भविष्यका लागि
केही कुरा सोचेको हुन्छ
प्रारब्धको फल भोग्दै
कसरी भविष्य राम्रो बनाऊँ भनी
आफ्नो मनले सोचिकन
उसले बिचार गरेको हुन्छ
कागजमा कलमले कोरेर
ठूलो मान्छे बनेको छ ऊ
हतियार बन्दुक बोकेर
लडाई गर्ने पनि ऊ
कहिलेकाही त उसैले
काललाई अकाल पार्दछ
त्यसैले कसैको आशा र अपेक्षा
मान्छेका लागि अभिशाप बन्न पुग्दछ
एउटा सुनौलो भविष्य निर्माण गर्न
बरदानसरि बन्नु परेको छ
यो संसारी सृष्टिलाई उसैले
अगाडि बढाउनु परेको छ ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)