कविता : साबधान ! साबधान !

~लोप्चन लामा~

म नेपाली
मेरो देश नेपाल
यो मुटुमा अझै
चन्द्र-सुर्य धडकिरहेको छ
मेरो प्रतेक पाइला-पाइलामा
मेरो उच्चा शिखरहरु लम्किरहेको छ
मेरो आगनहरुमा
सयौ थरी बाजा घन्किरहेको छ
तराइ-पहाड-हिमाल
पूर्व मेची-पक्षिम महाकाली अटाउने
भाई-चाराको अंगालो
यी मेरो बहुपाशमा फैलिएको छ
चिन्दिन म कसैलाई पनि जातले
सयौ बर्णको साझा चौतारी
मेरो देश नेपाल
मेरो प्यारो देश नेपाल
साबधान ! साबधान !
उपियाले झै चुस्ने
धमिराले झै ठुस्ने
गिद्धले झै लुस्ने
बिना मौसम भुक्ने
भ्रस्ट नेता भन्ने जन्तु
नेपाल पस्यो रे
मेरो प्यारो देशलाई
टुक्रा-टुक्रा पारी
मिलिझुली भतेर खानलाई
तराई पस्यो रे
पहाड झर्यो रे
हिमाल चड्यो रे

(स्रोत : Sajha)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.