~दिनेश श्रेष्ठ~
जसरी ढलेँ नपिएर नै
म उसै गलेँ नपिएर नै
मुटु भित्र राप र ताप छ
अनि पो जलेँ नपिएर नै
म त वेगको समुद्री लहर्
हरपल् चलेँ नपिएर नै
निठुरीपना हदसम्मकै
रिसले बलेँ न् अपिएर नै
मन फर्किए उनको कतै
विष ओकलेँ नपिएर नै
मन्थलि-४,रामेछाप
हाल – गठ्ठाघर,भक्तपुर, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)