लघुकथा : गुरुपूर्णिमा

~रामचन्द्र खतिवडा~ramchandra-khatiwada

धेरै वर्षअगाडि म बद्री गुरुको छात्र थिएँ । उहाँ राम्रो पढाउनुहुन्थ्यो र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराएर पुरस्कारसमेत दिनुहुन्थ्यो । एक दिन उहाँले कक्षामा ‘फूल मैले रोपे हुन्छ’ भन्ने शीर्षकमा कविता लेख्न दिनुभयो । सबै विद्यार्थीले कविता लेख्यौँ । ती कवितामध्ये उहाँलाई मेरो कविता मन परेछ र उहाँले मलाई कलम पुरस्कार दिनुभयो । उहाँले गरेको त्यस मूल्याङ्कनलाई मैले कहिल्यै बिर्सिनँ । आज बीस वर्ष भयो बद्री गुरु र मेरो भेट नभएको । सोचेँ, आज गुरुपूर्णिमा हो, बद्री गुरुसँग भेट गर्नुप¥यो । मैले केही साहित्यिक पुस्तक किनेँ । एउटा कलम र डायरी किने र गाउँ गएँ ।

बद्री गुरुको छेउमा गएर मैले उहाँलाई ती सामान दिँदै भनेँ– “गुरु आज गुरुपूर्णिमा ।” त्यसबेला उहाँका आँखामा हर्षको आँसु थिए ।

(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.