~प्रकाश खड्का~
लियौ नारा समान हकको उज्यालो पार्न लाई
कुण्ठा सारा हटाई मनको अँध्यारो खार्न लाई
झरे आज मोति रुपी दाना गरेर परिश्रम
फल्छ सुन भोलिका दिनमा दरिद्र बार्न लाई
खोज्यौ न्याय अन्याय नसही परिबर्तन् रोजेर
अहं तोडी समयसंगै भाग्यौ उन्नति झार्न लाई
अघि वढे कुसंस्कार त्यागे आउँछ है विहान
सुरू गरे आजकै दिनमा क्लेश वढार्न लाई
पछि पर्छौ भेदभाव गरे नारी र पुरूषमा
साथ हिडे मिलीजुली वसे धर्ती सिंगार्न लाई
प्रकाश खड्का
भक्तपुर, चाँगुनारायण नगरपालिका
हाल बोस्टन अमेरिका
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )