कविता : श्रद्धान्जली शिवलाई

~आचार्य प्रभा~acharya Prabha

हे शिव!
तिमी कुन हत्तारमा थियौ
त्यसैले जिन्दगीको अन्तिम घडीलाई निम्त्यायौ
हावाको बेग झै रफ्तारमा
बहनु पर्ने के त्यस्तो बाध्यता थियो ?
तिमी मीठो अभिष्ट पालेर
बिदेसिएका थियौ शायद —
अमीट आकाङ्क्षा बोकेर
पर्देसिएका थियौ अवश्य —,
तर —कुन दैवको श्राप पर्‍यो
या तिम्रो जीवन लीलाको खेलको
समाप्ती त्यती नै थियो
त्यसैले चडायौ जीवनदान चाडै नै इश्वरलाई /
छोटो आयुको समय
बोकेर आएछौ संसारमाझ
गयौ रुवाइ सबैलाई
बनाइ दुखित आज /
चडाउदैछौ श्रद्दान्जली तिम्री चिर आत्माको लागि
देह तिम्रो माटो भएपनी
अविश्मरणिय रहोस्
तिम्रो मुहारको आभा,कान्ती
अनी मिलोस तिम्रो आत्मालाई
सदा सदा शान्ती /

(प्रवासमा अल्पायुमा नै देह त्याग गर्नुभएका शिवलाल आचार्य लाई समर्पित )

(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.