कविता : बन्दुक

~बिमल गुरुङ~bimal-gurung

बन्दुक के हो, अच्या …
म थुक्छु लाखौं लाख थुक
बेकार छ तिमीहरुको बन्दुक
बन्दुक … ?!
आच्या …
बज्र !
ओईरेऊ !
हुल कसेर आऊ !
बाटामा असंख्य करोडौं रोडा
दुब्लो, पातलो, झिनो नहोस् कुन
तर, रगतले भरिएको छ हाम्रो गोडा,
हाम्रो हड्डि-हड्डी भित्र
असंख्य दर्दहरु बगिरहेका हुन्छन् ।

लाखौं पीडाहरु हिँडिरहेका छन्
करोडौं अपमानहरु छचल्किररेका हुन्छन्
रोजा पहल्वीहरु ! असंख्य तरवारहरु उच्याएर आऊ
जंगबहादुरहरु, घोडाका क्रुर टापहरु बजाउंदै आऊ
बज्र !
ओइरेऊ !
हुल कसेर आऊ
तर,
इतिहासमा कैयौं मेघहरु गर्जे
तर आकाश कहिल्यै चोइटा-चोइटा भएर फाट्टिएन
च्यात्तिएन
पराजित भएन
मेघहरु गर्जे
गर्जिरहे
असिन-पसिन भए
थाके
सुते
संधैका लागि सुते ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.