~दीपक बस्याल~
सुन्दर बदन हेरिएर गयो
हेर्दा हेर्दै मन फेरिएर गयो
न तनले आट्यो, न मनले ढाट्यो
यौबन बिछयौनामा बेरिएर गयो
बैस यसै गो , बिना मेसै गो
सपना सुन्दर सेरिएर गयो
भमरा के हुनु? हुति बिनाको
फुल ओरिपरी घेरिएर गयो
प्रेमपत्र हुन सकेन भाव
केहि गजल भै केरीएर गयो
नवलपरासी, हाल: न्यु मेक्सिको, अमेरिका