कविता : पगरी पागल

~कुन्दन काफ्ले~

रोगी भएँ मानसिक, हेला कति गर्दछौ ।
म पनि त मान्छे नै हुँँ, आँखा कति तर्दछौ ।
दृष्टि तिम्रो बुझाई हो, पागल भनी जो भन्दछ ।
भेदभाव र घृणाले, मान्छे पागल बन्दछ ।

कुण्ठाहरुले मन मेरो त भित्र भित्रै गलेछ पो ।
संकाको आगोले त मनकै लंका जलेछ पो ।
तिरस्कारको आँधीले वैंस उसै ढलेछ पो ।
इच्छाएका पलाएका रहरहरु बलेछ पो ।
रोपेथें आँपको बृक्ष, धन्य कटुस फलेछ पो ।

रमायौ अब हैन त, इश्वर तिमी पनि ।
गुथाएर पगरी पागल, बन्यौ तिमी खुवै धनी ।
बहुलाएर सडक पेटी, घुम्छु म नाङ्गै अनी ।
वहाएर हिम गंगा, बस्नु कैलाशमै रमी ।

नियतिले ठगेको, झरेको यौटा फूल हुँँ ।
विरह र विरक्तिमा जलेको म धुल हुँँ ।
च्यातिएर फालिएको वेवारीसे तुल हुँँ ।
राज्यबाट हेपीएको नेपाली कै कूल हुँँ ।
००

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.