~नोवल निरौला~
तिर्न रिन लागेका, बस्न आफ्नै घरमा
पढाउन वालवच्चा, चलाउन जिवनमा
लागेथें म विदेश, कमाउन भनेर
वोकेका ति सपना, पुर्याउन भनेर
गार्हो भयो खाडिमा, मरुभुमी गन्हायो
पड्क्यो वम ईराकमा, छाति मेरो चर्कियो
खियो मेरो शरिर, सुको हात नलागी
विते मेरा रातहरु, खुल्ला आकाश मुनी
देखें मैले विदेश, भोगे कैयौं ती सास्ती
लाग्यो स्वर्ग स्वदेस, फर्के म त अस्ती
आछ शान्ती देशमा, छैन जस्तो पुरानो
भाछ आज सहज, पाउनलाई कामराम्रो
झारें मैले पसिना, सिन्चाउन पाटोमा
वोकें मैले कोदालो, खन्न आफ्नै माटोमा
टिपें मैले कलम, लेख्न आफ्नै पनमा
चढें मैले टावर, राख्न ‘शान्ति’ भूमीमा
लिन्छु म त जोखीम, चम्काउन नेपाल !
लिन्छु म त जोखीम, वनाउन नेपाल !!
लिन्छु म त जोखीम, हँसाउन नेपाल !!!
लिन्छु म त जोखीम, चिनाउन नेपाल !!!!
October 19, 2008
(स्रोत : माइ संसार डट कम)