कविता : सालिक र देश

~निश्चल काउचा~Nischal Kaucha

चकमन्न अध्याँरोमा चित्-चित् एकोहोरो छेपारोको कराई
हाम्रो बज्यै भन्नु हुन्थ्यो
जव रातमा छेपारोलाई जाडो हुन्छ
बिहान भयो भने म घर बनाउछु भन्दै कराउछ रे
जव बिहान हुन्छ
न्यानो घाम लाग्छ
चेपारो पारिलो घाममा भुसुक्क निदाउछ
फेरी उही कथा दोहोरिन्छ
आजकल मलाई
नेपाली नेता र छेपारोको कथा उस्तै लाग्छ ।

सेतो हिमालमा उषाको पहिलो आभाले पोत्दै गर्दा
कालो बादलले डम्म छेकी दिन्छ
छेउको रेडियोमा समाचार बज्छ
कालो झन्डा देखाईयो
ढुङ्गा हानाहान भयो
लाठीचार्ज भयो
उही आरोप , प्रत्याआरोप
काका फुस्फुसाउनु हुन्छ
थुईक्क हुतिहाराहरू
कहिल्यै नमिल्ने भए ।
मध्यान्हको १२ बज्दै छ
भर्खर बिजुलीको दर्शन मिलेको छ
टि.भी खोल्छु
उही कुरा छ
कहिले नहुने सहमतीको कुरा
मलाई वाक्क लागेर आउछ
भर्खर चार्जरमा जोडेको मोबाईलको किरिङ-किरिङ घन्टी बज्छ
म उठाउछु
दलालको फोन रहेछ्
उताबाट आवाज आउछ
तिम्रो सबै काम भयो
जाने गरेर आउ
मलाई कागलाई बेल पाके झै लाग्छ
तर जानु त थियो नै
सबैसँग बिदा मागेर गाडी चदछु
साघुरो बाटो घुम्ती उस्तै
एउटा घुम्तीमा दुईतिरबाट गाडी
झन्डै नजुदेको
दुईवटै ड्राइभर ब्याक गर्न नमान्ने
यी ड्राइभर र देशका नेता
मलाई उस्तै लाग्छन ।

जसो तसो गरेर गाडी अगाडी बदछ
मैले झ्यालबाट बाहिर
दृष्‍टिकोचर गर्छु
एउटा सालिक आधा ढलेको रहेछ
मलाई त्यो सालिक र देश उस्तै लाग्छ ।

-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.