~महेश रेग्मी~
म क्षत्रि्रस्त जीवन लिएर हिँडिरहेको छु
सिंहदरबारको बाटो
काठमाडौं मलाई धोका दिइरहेको छ
काठमाडौं मेरो हुन सकिरहेको छैन
काठमाडौं मलाई कहीँ सिफारिस गर्दैन
मलाई मार्न खोज्छ
बाँच्न दिँदैन
मैले उसलाई जीवनका अङ्गहरू बुझाएको छु
तर म उसको छेउ लागेर हिँड्न छाडेको छैन ।
यो सहरको समावेशी भीडमा
वर्षौंअघि मेरो छवि चोरिएको थियो
मेरा सारा उद्देश्यहरू काठमाडांैले अपदस्थ गरिरह्यो
मसँग म बाँकी छैन
सबैथोक बेचिसकेपछि
बाँकी थियो – सपना
त्यो पनि बेचेँ
त्यो किन्ने मेरो टोलको कुनै रामप्रसाद थियो
र थिई – कुनै परी ।
सपना बेचिसकेपछि
कतै म बूढो सडक भएको छु
कतै म बूढो रूख भएको छु
कतै म बूढो घर भएको छु
कतै म बूढो प्रेमी भएको छु ।
केही सम्भिmन चाहन्न
प्रिय दृश्यहरू
शायद
प्रिय रहेनन्
म नर्सिससजस्तै
छायाप्रेममा
आफैंसित मोहित हुँदै आएको छु
वर्षौंदेखि ऐनामा उभिएर
आफ्नो अनुहार हेरेको छु
मख्ख पर्दै
आफैले आफैलाई सरकार भनेको छु
आफैले आफैलाई थप्पड हानेको छु
आफ्नो प्रतिपक्ष आफै भएको छु ।
पाए सम्झनाहरू पनि बेच्न हुन्थ्यो
माफ मागेर बितेका दिनहरूसँग
सम्मान गरेर बितेका दिनहरूलाई
तर केही सम्भिmन चाहन्न ।
तर सपना बेचे पनि
म बिक्री भएको छैन ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)