~वैरागी जेठा~
उतिसका पातहरू साउती मारिरहेछन्
सल्लाहरू आँसु झारिरहेछन्
चम्पापुर उक्लिँदैछु
मेरो बन्दुक चूप बसेको छ
यात्रा छाँटिएर
बीचबाटोमा रोकिएको छ
सेनलाई बोकेर म
उनकै छायामा हिँडीरहेछु
टन्टलापुर घाममा
साथी बुझ्दैन
सेनको गन्ध सुङ्घदै
उनकै वास्नामा
म पौडिखेलीरहेछु
मानिसको खोजीमा
माक्र्सवादले सिँगारिएर
सेनको गुलाफमा उभिएको छु
कुनै आकृति बदल्नु छैन
निन्तर
माओ झैँ संसार बदल्न
लामो यात्रा हिँडेको छु
चन्द्रागिरिको जङ्गलै जङ्गल
ऐँसेलुमा बाँचेर
मन आश्वासनहरू
प्रसादझैँ बाँड्छ
मानव बगैैँचा भित्र
कृष्ण सेन उभिन्छ
व्वाँसाहरूको चिथराइले
हाम्रो मुन्टो लर्किन्छ
छलछामका अनावरण झण्डाका पर्दाहरूले
वर्गीय लडाई छेक्छ
प्रत्येक क्षण
काला बाघहरू
पहेँला चितुवाहरू
हाम्रो घरवरिपरि
ओहोर दोहोर गरिरहन्छन्
मेरो हातमा क्षेप्यास्त्र छ
चन्द्रागिरिको टुप्पोबाट
धरहरा ताकिरहेछु
न्यायको खोजीमा
मेरो घरको ठूलो ढोका
खोल्न खोज्दै छन्
पहाडमा घनश्याम ठोकिन्छ
वायु प्रदुषणका ठेकेदारहरू
चराझैँ उड्न दिँदैन
खुला आकाशमा
मेरो पद यात्रा
पसिनाको नदीझैँ बगिरहेको हुन्छ
विभाजित चेतनाहरू
चिराचिरा झैँ चिरिएकाछन्
जेललाई घर बनाएर
मानिसहरूको वधशाला गरिरहेछ
सेनलाई सम्झैर
माउतेहरूलाई मर्मत गर्न
एक हुल मानिस लिएर
म चन्द्रागिरि उक्ल्एिको छु
चराहरू हाम्रै प्रतीक्षा रत छन्
गाइने चरोको हिक्काले
आदेश गरिरहेथ्यो
म बारुलोझैँ क्रुद्ध हुँदै
काठमाण्डौ र मकानपुरलाई झम्टिएँ
उक्कि लागेको लोकतन्त्र
तिनै व्वाँसाहरूलाई दोसल्ला ओडाइरहयो
समाजले पचाउनै नसक्ने
तान्डव नृत्य देखाएर
मलाई उल्लु बनाउन खोजेर
धँगेराका हाागा लुछेर
मेरो बाटो रोेक्न
राष्ट्रिय चितुवाहरू
यत्रतत्र छरिएका छन्
परिवर्तनका तृप्तिहरू उम्लिरहेछन्
चन्द्रागिरिबाट
क्रान्ति नायक संघार खोल्न नसकेर
मजेरीमा पछारिएको छ
विचारको बाटो नहिँड्नाले
मूर्दा भएर लडेको छ
यसपाली हामीले युद्ध जित्नुछ
हामीसँग परि संवाद गर्न सक्तैन
प्रभुसत्ताको वरिपरि घुम्दा
हामीले उछिन्नै पर्छ
अनेकौँ यात्राबाट
कुसैिबाट फर्कने पालो
पसिनाले आात भिजाउँखै
फुलको वास्नालिएर
एकपल्ट युद्ध लड्दै छौँ
इच्छुक भएर
एउटा यात्री विहान
चन्द्रागिरि हिँड्छ
कृष्ण सेनको मुटु भएर
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )