~बिजयकुमार श्रेष्ठ~
विद्याकी खानी तिमी सबैलाई सुबुद्धिको ज्ञान दिने
सुबुद्धि दिएका थियौ तिमीले कहाँ गए विधा लिने ।
गुरुलाई मान्न छाडे विधा बिना नै गुरु बन्न थाले
आफनो औकात हेर्नु छैन विश्व हाक्छु भन्न थाले ।
पुर्खाले जगाएको सास्कृतिलाई मान्दिन भन्न थाले
संसारको रित फेरी दिन्छु भनि कदम चाल्न थाले ।
देशका निम्ती वलिदान दिने शहिदलाई भुल्न थाले
बलिदानलाई बिर्सि कुर्सिको आनन्दमा रम्न थाले ।
हिटलरलाई माथ गराई दिन्छु भनी बिगुल फुक्न थाले
फोस्रो आश्वासन दिदै कमजोरीको सफाई लिन थाले ।
साहास नभएर आफुलाई अनुभब नभएको भन्न थाले
आश्वासनमात्र दिएर आफु चाखो बन्ने रोगपाल्न थाले ।
बिजयकुमार श्रेष्ठ
धादिङ्ग,कटुन्जे
हाल ईराक
(स्रोत : ईलम्जुङ् डट काम)