~शम्भुजित बास्कोटा~
रातो रानी फुले झैं साँझमा
तिमी भुल्यौ कलेजी माझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डौं शहर
सिंदुर दिउँला पोते दिउँला मनै भाकेर
चन्द्र जस्तो तिम्रो मुहार दिलमा राखेर
म त आएँ मायालाई सम्झेर
माया लाइदिऊँ तिम्रै हो भनेर
मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डौं शहर
लाली गुराँस वनैभरि वनै रमाइलो
तिमी पाए जिन्दगीमा मनै रमाइलो
म त आए नौडाडा काटेर
लान्छु तिमीलाई मोटरमा राखेर
मनको रहर
कान्छीलाई घुमाउने काठमाण्डौं शहर
शब्द, संगीत – शम्भुजित बास्कोटा
स्वर – डेनी डेन्जोङ्पा
एल्बम – कान्छीलाई घुमाउने काठमाण्डौं शहर