~विक्रम तिमिल्सिना~
नचाहिने नाताहरू गाँसिन्छन् के गर्नु ?
बनाउँथेँ ताजमहल भासिन्छन् के गर्नु ?
मनभित्र सजिएका मनमै मर्दा रै’छन्
आफ्नै मनले नखाएका टाँसिन्छन् के गर्नु ?
सोचेभन्दा रङ्गीचङ्गी संसार भेटेँ कति
आँखा खुलेपछि सबै मासिन्छन् के गर्नु ?
ढुङ्गा हुँ म, फूल तिमी नआऊ भन्दाभन्दै
बेहोसी भई ठोक्किएर नासिन्छन् के गर्नु ?
प्रेम नै हो पूजा भनी पग्लिनेकै शीतल
माया बगाउने मुटु तासिन्छन् के गर्नु ?