कविता : सपनाको शहरतिर

~रुमानी राई~rumani-rai

हिजोअस्ती हो,
थाप्लोभरी साहुको ऋण्
ढाड कुप्रीनेगरी भारी लादेर
गैरीखेतसंगै यो जिन्दगी बन्धकी राखेर
सपनाको शहरतिर
घर छोडेर हिडेको म
उफ्-दुईवर्ष ठाडो उकालो हिंडिसकेछ यो समय!
साहुको मुखमा बुझो हाल्न भ्याए पनि
जोरीपारीहरुको आँखामा छारो हाल्न सके पनि
गैरीखेत उकासेर
अलिकती यो मन ढुक्क भए पनि
यसो हिसाब गर्छु-जोड-घटाउ,गुणन-भाग
नाफा त कता हो कता
घटैघाटा यो जिन्दगी
शुन्य शुन्य यो जिन्दगी!
यो पट्यार लाग्दो सपनाको शहर
लाखौंलाख सपनाहरु फुलिरहन्छन् जहाँ
गर्भमैं तुहिन्छन् कैंयों सपनाहरु
कती सपनाहरु असाम-यिक मृत्युवरण गर्दछन्
र,सहि-द बन्छन् पराई माटोमा
कती सपनाहरु आँसुसंगै बगेर जान्छन्
परेली रुझाएर
र,जीवनभर दुखिरहन्छन् स्मृतिको घाउ!
यो कालो प्रवास
थाहा छैन कहिलेसम्म भोग्नु पर्ने हो
जहाँ साँझ-बिहानसंगै गुन्जिन्छन्
विभ-त्सताका कठोर पदचापहरु
पिडाका विदिर्ण चित्कारहरु
यो रोबोटहरुको वस्तीमा
न हुन्छन् कोही आफन्तहरु
मायाले सुम्सुम्याउने हातहरु
फगत,
यो पराई माटो
यो सपनाको शहर
निष्प्राण रोबोटहरुको वस्तीमा
ईन्द्रेणी सपनाहरु ओथारिरहेछु म!

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.