~प्रतिमान सिवा~
टुप्पामा,
झुप्पामा,
फकृएको फुलगुच्छा,
तिम्रो शिरको सिरबन्दि
श्रीपेच उसको ढाकामा
नेपाली सारा जगतका,
आकाशमा फुलेको सुर्य झैं,
स्वभिमान र शान रगतको
जीवित राख्नु छ अखण्ड जातिको ।
खण्ड खण्डको अखण्डतामा
आउ ! बीर गाथाको साँघुले गाँस्नु छ ।
अबका विवेकशिल हामि,
एकताको शुत्रमा हाँस्नु छ ।
विस्व भुगोलको सिमाना माथी उठेर
लाली गुराँस , तिमी हाम्रो गौरव हौ,
चौतर्फी ज्योती फैलिएर बाँच्नु छ ।
-प्रतिमान सिवा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )