पुस्तक समीक्षा : सेतो धरती उपन्यास पढेपछि

~अरुणबहादुर खत्री ‘नदी’~book-cover-seto-dharti

अमर न्यौपानेद्वारा लेखिएको सेतो धरती नामक उपन्यास २०६८ सालमा पहिलोपटक निस्किएको छ । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर भागवण्डा गरिएका छन् । यस उपन्यासमा विभिन्न शीर्षकहरू राखेर लेखिएको हुँदा मलाई कथासङ्ग्रह जस्तो लाग्यो तर शुरुदेखि अन्त्यसम्म एउटै पात्रलाई उल्लेख गरेको हुँदा उपन्यास भनिएको हो कि जस्तो मलाई लाग्यो ।

यस उपन्यासभित्रको पहिलो भाग आमाको आकाशबाट धरतीमा झरेको तारा शीर्षकभित्र न्यौपानेले म जन्मिएको जूनले देखेको भए सायद मेरो नाम आमाले राखिदिनु हुन्थ्यो होला– इन्दू या पूर्णिमा र सधैँ जूनको उज्यालोले छुने थियो मलाई भनेका छन् । मलाई जन्माउँदा आमालाई पीडा भएजस्तै म जन्मिँदा आमाको पाठेघर जस्तै कलिलो मेरो शरीरलाई पनि पीडा भएन होला र ? भन्दै प्रश्न गरिएको छ । ठूलो संसारमा निर्गत उडान शीर्षकभित्र पुक्क परेका गालामा आमाले म्वाइँ खाँदै भन्नु भयो तैंले नै मलाई बचाइस् मेरी प्यारी पोक्ची । त्यतिबेला आमाले भनेका कुरा पूरै नबुझे पनि जति बुझे त्यतिले आमाले मलाई प्रशंसा गर्नुभएको हो जस्तो मलाई लाग्यो भनिएको छ । पिठयूँमाथि जूनेली सपना शीर्षकभित्र मैले जूनतिर हेर्दैछु । त्यतिखेर जून आँपको रुखमाथि अलक्क बलेजस्तो लाग्यो । सोचे बाकोArun Bahadur Khatri 'Nadi' पिठयूँमा चढेपछि त्यो रुखमा सजिलै जान सकिन्छ । रुखबाट सजिलै जून छुन सकिन्छ भनेर लेखिएको छ ।

फेरि जन्मिएँ शीर्षकभित्र लाज पनि टुलाएको छैन मेरो छातीमा । तैपनि कोराको धोतीले आफ्नो जीउसहित छाती पनि छोएँ । एक्कासि म अबोला, एकदमै अबोला भए मनमनै मात्र बोलिरहने भनिएको छ । न्यौपानेले यस उपन्यासमा जीवन र मृत्युका बीचको समयावधिमा खेलिने भौतिक खेल अनि रहने कठोर अनुशासनको जीवनलाई एकै ठाउँमा उभ्याएर राखेका छन् । विषय, प्रस्तुति र भाषाशैलीले सेतो धरती उपन्यास निकै गुणस्तरीय रहेको छ । यस कृतिले उपन्यासकारलाई थप उचाइ दिनेछ । नहिँडेको बाटो शीर्षकभित्र आमाले सम्झाउनु भयो– तैंले नि भगवान्को पूजा गर्नुपर्छ । पूजा गर्न चोखो हुनुपर्छ नि । किन पूजा गर्ने आमा ? भनी सोध्दा पूजा अरेसि भगवान्ले तिमोर्लाई राम्रो अर्नुउन्च । बरदान दिनुउन्च भनिएको छ ।

एक मोहर शीर्षकभित्र मलाई भने मनमनमा लाग्यो – त्यो बाले थैलीबाट झिकेर दिनु भएको एक मोहर गाईले मकै खाएको डन्डा होइन, मैले गुरुसँग पढेको शुल्क तिर्नु भएको हो बाले न्यौपाने भन्दछन् । खडेरीसँग झरीका कुरा शीर्षकभित्र बीउ उम्रिन नसके पनि बाँच्ने उपाय निस्किएला । तर पँधेराको धारो आँसु झैं रुन मात्र थाल्यो भने यतिका गाउँलेको तिर्खाको भुमरी बस्नै नसक्ने गरी चल्ला भनिएको छ । तीनजोर खुट्टा शीर्षकभित्र निदाएको अनुहार हेरिहँदा बालकको निर्दोष अनुहार हेरेजस्तो झन् माया जागेर आउँदो रहेछ भनी उल्लेख गरेको देखिन्छ ।

मरुभूमि जस्तो निरस तथा अनुत्पादक बिम्ब बोकेको सेतो धरती उपन्यास अब्बल दर्जाको कृति बनेर पाठकहरू समक्ष आएको छ । न्यौपानेको यो उपन्यासमा समय गतिशील छ र समयको गति सँगसँगै समाजको पनि रुपान्तरण हुँदैजान्छ भन्ने मूलभाव रहेको छ ।

उपन्यास सरल र शिष्ट भाषामा वर्णनात्मक शैलीमा लेखिएको छ । दैनिक बोलीचालीको भाषाले उपन्यासमा मिठास भरिएको छ । भाषा सरल र स्पष्ट रोचक शैलीले यो उपन्यास आकर्षक र स्तरीय मान्नैपर्छ ।

मनको आकाशमा बादलको खेल शीर्षकभित्र बा र बालिका आमाको सम्बन्धमा म कुनै गहिराइ देख्तिनँ जसले गर्दा मलाई खिन्न बनाउँछ । भन्न त सकिनँ तर बालिका आमाको यौवन र बाको बुढ्यौली देख्ता भने खालि मनमा लागिरहन्छ बाले बिहे गरेर गल्ती गर्नु भयो भनिएको छ ।

यसपटक पत्याइनँ शिर्षकभित्र बिहान चाँडै नै ब्यूझेपछि बार्दलीमा आएर बसेँ । सुकिलो धरतीमा घामका किरण पोखिएका छन् । कतै तुवाँलो छैन । वर्षा ऋतुसँगसँगै यो वर्षको झरीले भर्खर बिदा लिएजस्तो छ भनेर लेखेको छ ।

आँसु मात्रै साँच्चैका शीर्षकभित्र मेरो जीवनको रङ र स्वाद खोसिदाभन्दा कम्तीमा पचासगुना बढी म रोएँ र शोकाकुल भए । आफ्नै जीवनमाथि आफ्नै जीवनको पहिरो गयो भनिएको छ । यस उपन्यासमा उठाइएका विषय पुरानै भएपनि प्रस्तुति र शैलीले यसलाई नयाँ र रोचक बनाएको छ ।

गहु्रंगा शब्द मिसाएर लामा वाक्यमा उपन्यास लेखे ठूलो लेखक भइन्छ भन्ने मानसिकता बोकेका लेखकका लागि न्यौपानेको सेतो धरती उपन्यास एउटा चुनौती हो । यस उपन्यासमा पात्रको मनोविज्ञानमा विशेष जोड दिइएको छ । यस उपन्यासले मदन पुरस्कार पाउन सफल भएको छ ।

पाप पलाउने मन शीर्षकभित्र घलेक लगाउन पटक्कै मन नभएकी छोरीलाई आमाले घलेक लासि छाती छोपिन्छ क्या भनेर लगाएँ तँ सँधै यसरी नै घलेक लार हिन् नानी तेरा छाती सारै ठूला छन् भनिएको छ ।

छटपटीको अन्त्य शीर्षकभित्र मनमा बज्ने मुरलीको धुनले मेरो मनमा अनौठो तरङ्ग ल्याइदिन्छ यस्तो लाग्छ मेरो शरीरमा रगत पनि पहाडी खोला झैँ तीब्र गतिमा बगिरहेछ जसलाई धरती भएर मैले थामिरहेकी छु भनिएको छ ।

पानीको घामबाट नेपाली आख्यानमा इन्द्रेणी झैँ ताजा देखा परेका युवा स्रष्टा न्यौपानेले सेतो धरती उपन्यास निकालेर पाठकहरूलाई पढ्ने सुवर्ण अवसर दिएका छन् । धरतीको रङ अथवा पृथ्वीको रङ नीलो हुन्छ भन्छन् तर न्यौपानेको धरती सेतो छ । हामी सेता हिमालका बासिन्दाहरू सेतो रङलाई शान्तिको रङ भन्दछौं । सेतो धरतीको आत्मकथात्मक इतिबृत्तमा शान्ति सबभन्दा बढी अशान्त छ । गोडाको जलसम्म शीर्षकभित्र बुहारी र दुलही भइसकेकी बाहुनकी तरुनी छोरी चेली जो आफ्नो मान र इज्जतमा बसेकी छे उसले वनै घन्किने गरी यसरी गीत गाउनु राम्रो मानिदैन । मनमनै गाएको भए पो कसैले सुन्थेन । इज्जत पनि बच्थ्यो । वनवनै गाएपछि अब इज्जत कसरी बनाउने ? भनिएको छ ।

यस उपन्यासको मूल्य रु.३५०।– राखिएको छ । प्रकाशक फाइनप्रिन्ट आइएनसीले गरेको छ । पृष्ठ संख्या ३७३ रहेको छ । अमर न्यौपानेको माझिएको खारिएको लेखनीको सधैं यस्तै नयाँ कथावस्तुको खोजी गरी उपन्यास विधामा नयाँनयाँ आयाम थपी नै रहोस् भन्ने अपेक्षा गरेको छु ।

अरुण नदी खत्री
सामाखुसी साहित्य समाज,
मोबाइल नम्बर ९८४१७९७६६४

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.