~मसान उपासक~
जानु अघि शहरतिर
हेर्नु —आमाको पुरानो मजेत्रो
भन्नु —अर्को साल फेरौाला
सुन्नु—बाबाको युगौादेखिको सपना
सम्झाउनु—अव नयाा सपना देख्नुपर्छ
नविर्सने गरी हेर्नु —आफ्नो दौतरी अनुहार
देखाउनु—देब्रे गालाको खत
अलिकति याद छाड्नु यतैकतै
भन्दिनु फूलमायालाई त्यही यादले बाच्नु पर्छ ।
आऊ यतै बसेर रोदी खेलौा
रोदीघरको याद पनि बोक्नुछ
ओइ पारुहाङ् मुन्धुम पढौ न एकपटक
मलाई ज्ञान बाड्नु छ उतातिर
आनीले जप्ने त्यही माला किनेर
बिहानै जप्नु पर्ला नि ठूल्कान्छी
सबेरै सुनिने पाधेरीको संगित
कसले सुनाउला म ब्याूझने गरी
चराहरु सवेरै उठेर गीत गाउछन् कि गाउादैनन्?
पल्लो घरको रामजनमको जस्तै
सुखदुख बाडिन्छ कि बाडिदैन?
ए दाइ एक पटक त सत्य बताउ
शहरमा मान्छेको मन हुन्छ कि हुदैन?
मलाइ मनविनाका मान्छेहरु
किन मान्छे जस्ता लाग्दैनन् ।
जानु अघि शहरतिर
कस्नु छ—आफ्नो मन
बााध्नु छ— झिटी गुन्टा
बोक्नु छ—गाउभरीको याद
लानु छ—अनगिन्ति यादहरु
के थाहा जानेहरु नफर्कन पनि सक्छन् ।
छतिवन-५, मकवानपुर
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)