~कुन्दन काफ्ले~
लेखेर त्यो प्रेम पत्र, कति पटक काटें होला ।
देखेर ती निश्चल आँखा, कति पटक ढाँटे होला ।
नढाँट्नु ढाँटे मैले आफैंलाई पटक–पटक ।
मनलाई आश्वासन मीठो कति पटक बाँटें होला ।
सफलता मिल्नु पर्छ, तिमीलाई फेरी पनि ।
दोषी तिमी हैनौ अनि दोषी हैन नजर पनि ।
खेल हो त्यो समयको दोषी हैन शहर पनि ।
मिल्नु पर्छ मिलौन है गर्न पूरा रहर पनि ।
००
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )