~रामचन्द्र कार्की~
काँडा बन चाहे तिमी, फूल बनि बास्ना देउ,
पर पर सर्यौ तिमी, किन आउथ्यौ मेरो छेउ ।
डाँडाकाँडा पहाड पर्वत, स्वर्गरुपी संसारमा,
मेरो माया थन्काई दियौ, धुरी चुहिने धन्सारमा ।
जति अग्लो बन्छु भन्छ, हेर बाँस निउरी राछ,
राख्छु भन्थ्यो शीरमा फूल, तर काँडा सिउरी राछ ।
आकाशको बादल हेर्छु, देख्छु धर्ती चिरा ,
हात परेसी फलाम बन्छ, लिए पनि हिरा ।
सबलाई बन्ने मन हुन्छ ,निर्मल कञ्चन पानी,
मन भित्रै कुहाएर, राख्नु पर्ने घानी ।
खहरेलार्ई क ेथाहा थ्यो र, पर्छु भन्ने गहिराईमा,
म नि गएँ भासिएर, खोलाखोलै पहिराईमा ।
खोला पारी फल पाक्छ, क्यारी तरुँ भेल,
सधैं घोच पेच हान्यौ, कहिल्यै भैन मेल ।
राखे तिमीलाई यो मनमा मुटुभित्रै सजाएर,
बिरुवा नी मौलाएथ्यो, झनझनै गजाएर ।
मल भनि छक्याएर, बिष हाली मारेपछि,
कसो गरी पाउछौ शित्तल चौतारी नी खारेपछि ।
पहाड चढ्ने सिडीहरु, जगबाटै भत्काईदियौ,
तन मेरो कहाँ फाल्यौ, स्वास मात्रै लियौ ।
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)