~अशोक ‘खलानको मान्छे’~
तिमी नभयर पनी त घाम झुल्कन्छ पाहाडबाट
मेरो माया घामको पाईला संगै खोजी हिड्छ बिहानी बट
तिमी नभएर पनि,
दिन थाकेर साझँमा तिमीलाई कुरी रहन्छ
गोधुली नेटो काटेर बर पिपल को छाँया रोजेर
तिमी नभएर पनि,
मलाई जुन चाहिदैन प्रिया,फुल को अनुरागी हुँ
मत तिम्रो प्रेमको पुजरी हुदिन कही भिखारी
तिमी नभएर पनि,
सम्झनानै काफिछ मलाई दुई पल को जुनि भरी लाई
मेरो माया अमर छ अब सधा धर्ती का मानिस हरुलाई,
तिमी नभएर पनि,
– अशोक ‘खलानको मान्छे’
ड्राम्स्टाड जर्मनी
aryal.ashok@googlemail.com