बाल कविता : फूलबारी

~मीना बज्राचार्य~mina-bajracharya

मेरो सानो फूलबारी
नजिकै छ घरबारी

फूलहरू छन् थरीथरी
फूलका रंग कति थरी

पुतली र भमराहरू
घुम्छन् फूलका वरीपरी

गोडमेल गर्न घरीघरी
जान्छु सँधैं फूलबारी

रोप्छु फूल धेरै थरी
बाँस्ना चल्छ वारीपारी

साथीभाई मिलीजुली
खेल्छु यहाँ लुकामारी

मेरो सानो फूलबारी
नजिकै छ घरबारी ।

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

1 Response to बाल कविता : फूलबारी

  1. Utsav Khadka says:

    सबै भन्दा उत्तम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.