~सुरज सोडारी~
हेडलाईनमा उत्तिकै महत्वको
गर्व गरिरहेका हुन्छन जब
छुट्टा-छुट्टै दुई समचारहरु
१. “अन्तरमहादिपिया ब्यालेस्टिक मिसाइल परिक्षाण” र
२.” जाजरकोटमा सिटामोलको अभाब”
यस्तो लाग्छ ,
नांग्लो ठटाएर लुतो निबारणको
उत्तेजना सुसेल्ने मान्छे हामी
कतै युगले धिकारिरहेको त छैन??
सोच्छु,
पेन्टागनबाट बिस्तार बिस्तार
प्रबाह भइ रहेका
बिस्तारबादी बडा बा`का
योजनापत्रहरु
र ,
फाँटमा सिमानाको प्लटिङको
धनिपुर्जा खोज्दै गरेका
रामलाल काकाको बिचार
कति समकोण कति बिपरित?
मैले बुझ्नै सकिन
यहाँ गधा र खच्चडले अझै
बोकिरहेकाछन मेट्रो ट्रेनका पाटपुर्जाहरु
अझै,
मैन बत्तिले निभाईरहेकाछन
अरुण थर्ड र अपर कालिगण्डकिलाई
दिल्लीको २१ तोपमा पडकिन्छन
कालिकोट र किमाथांकामा
शुसासनका सपनाहरु
पाँच तारेमा तयार हुन्छन
बझाङका कुपोषण
वासिङटनले तारम्तार पत्र लेखिरहन्छ
छोरी भएकै कारण अनपढ भएकी
मेरि आमालाई
क्युरोसिटिले जिस्काईरहन्छ
बहर बाच्छा दाउँदै गरेका मेरा गाउँलेलाई
हेलेन र क्युरी भक्कानिन्छन
पहिलो रजस्वालामा गुप्तबास भएका
असंख्या कुमारिको सम्झनामा
इतिहाँसको पाना पल्टाउँदा देखिन्छ
आलो रगत तप्किरहेका
अमरसिंग र भक्ती थापाका खुकुरिहरु
तर ,
त्यो भन्दा पहिला सुन्छु
मायादेविले भर्खर साल-नाल काटेका
बुद्धको पहिलो च्याssर्र आवज
१८१५ को सुगौली संधी हेर्छु
र ,
राष्ट्रियता र स्वाधिनताको
झुटो मन्तब्य दिँदै गरेका राजनेता
ईतिहास जबरजस्ती उल्टो
बग्न खोजिरहेझैँ लाग्छ ।
समयको माग छ-
अब मेरा आरानमा पनि
खुकुरिको साट्टो परामाणुमा
बिँड हाल्नु पर्छ ।
लडाकु समायोजनमा अयोग्य घोषित
कम्रेड ज्वाला र आँधिका
भुराहरु अझै
स्कुल जाँदा बाटोमा
कलमलाई बन्दुक बनाएर
आर्मी-माओबादी खेल्छन
लाग्छ बा`ले हारेका लड्न बाँकी युद्दको
मार्शल र परेड सिक्दैछन भुराहरु
अनि हेर्छु ,
यो देशको भबिष्या
किन बचाईदियो यो देशले
प्रतिसोध जन्माउन पर्यप्त सम्भाबित
बिर्यका अवसेस हरु?
जन-आन्दोलनमा सहिद भएका
बा`को शालिक छोएर
यु. एस आप्रबासिमा नाम दर्ता गरेर
हाल-साल अनागरिक हुन हिम्मत गरेको
मेरो साथिले केहि भनेन,
केवल भक्कनियो
ए देश!
तँ संग छ यस्को उत्तर?
यो कति बाध्याता?
कति परिस्थिती?,
र कति नियाती हो ?