कविता : आगो सल्किदै गएको छ

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

सुन्दर आदिम बस्तीहरुमा
विष बोकेर केहि सर्पहरु पसे
तिनीहरुले बस्तीहरुको
घाँसपातहरुलाई छोए – घाँसपातहरु मरे
माटोलाई टेके – माटो पनि म¥यो
हावालाई चलाउ – हावा पनि दुषित भयो
वचेखुचेका वनजंगल, माटो, हावालाई पनि कब्जा गरे
आप्mनो अधिनमा पारे
नोकर÷दास बनाए
बस्तीको सुन्दरतालाई तहसनहस वनाए
कुरुप वनाए
कुरुपताले बस्तीहरु हरपल आफै घोचिएर
छियाछिया परेका छन्
घाइते भएका छन् ।
जमिनलाई वर्गिकृत गरे
जंगलका वन्यजन्तुहरुलाई सिध्याए
भाला रोपेर मारे
पोलेर, डामेर आप्mनो स्वाद अनुसार चपाए
खान मन नलागे पैतालाले कुल्चेर दबाए ।
खोलानालामा स्वतन्त्र बग्ने पानीलाई समेत
छुनु हुने र नहुने बनाए
सबकासब भताभुंग बनाए
बस्तीहरुमा विद्यमान संस्कृतिलाई तहसनस वनाए ।
बस्तीको माटो र ढुंगाहरुलाई जोडेर –
उनीहरुका अग्लाअग्ला सालिकहरु वनाए
सालिकलाई पुजा गर्नुपर्ने नियम बनाए – ढोग्नुपर्ने वनाए ।
ठुलाठुला महलहरु पनि वनाए
महल भित्र बस्तीहरुका मान्छेहरुलाई दास वनाए
पहाडहरु जस्तै दासहरुले पनि अत्याचार सहि नै रहे ।
हिमाल, खोलानाला, वनजंगलले पनि दासत्व खेपे
हरेक तरिकाले चोट दिए
जतिजति चोट खाँदै गए
त्यति त्यति पहाडहरु शाक्तिशाली हुँदै गए
पिडाको चरम बरबरता नांघेपछि
पहाड चल्न खोज्यो
भुकम्प गयो
आकाश पनि गर्जियो
चट्यनाङ्ग खस्यो
नदिनाला वौलाए – तानाशाहहरुको शहरलाई बगाउन खोजे
वनजंगलमा आगोको मुस्लोहरु देखापर्न थाले –
आगो जताततै सल्किए
आफुलाई दास वनाउनेहरुलाई पनि त्यहि आगोले झोस्न खोजे
सल्केको आगो निभ्न नपाउँदै
एकपछि अर्को आगो सल्किदै गएको छ
अहिले खरानी भएको छ समाज
वस्तीहरुमा घर छन् – मान्छेहरु कोमामा छन्
शहरहरु आधुनिक बन्दैछन्
तर आप्mनो पहिचान गुमाउँदै गइरहेका छन् ।
विभिन्न अवतारको नाम लिएर
सर्पहरु आदिम बस्तीहरुको दुध पिइरहेछन्
आप्mनो एकल अधिपत्य जमाइराख्नका निमित्त
आप्mनो लुटेको विरासतलाई जोगाइराख्नका निमित्त
विरोधीहरुको नास गर्नका निमित्त
विभिन्न वहानामा मान्छेलाई वर्गिकृत गरे
असली मालिकहरु उसैलाई नोकर वनाए
आधारहिन कथाको साहारामा दुनियाँलाई भ्रमित वनाए
आदिम जमिनको असली वारिसलाई गुमराहमा राखे
धर्मको नाममा अरुलाई भ्रमित पारेर
आफुलाई विशिष्ठ वनाउन खोजिरहे ।
पेल्न सक्नेलाई पलेर गए
पेल्न नसक्नेलाई कुटिल सम्झौतामा फसाउँदै गए
समानतको पक्षमा वोल्नेहरु
धर्म विपरित काम गरेको आरोपमा
जिउंदै जलिनु प¥यो ।
आप्mनो अस्तित्व जोगाउन
गुरु बनेर एकलब्यहरुको वुढिऔंला गुरुदक्षिणा मागे
र, पुर्वजन्मको पाप हो भनेर प्रायस्चित गर्न लगाए ।
यसरी सुन्दर आदिम बस्तीहरुमा
सर्पहरु छिरिसकेपछि
बस्तीमा आगो सल्किंदै गएको छ
आदिम बस्तीहरुको दुध पिएर वाँचेको छ सर्प
सारा ध्वस्त पारिदिएका छन्
र भन्छन्
बस्तीहरुमा आगो लगाउने उनीहरु होइनन्
त्यहाँका आदिबासीहरुले आगो सल्काएका हुन् ।

(३ जलाई २०१६, फार्नवोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.