~श्यामसुन्दर अग्रवाल~
अनाथ केटाको दूधजस्तो उज्यालो कपडातर्फ ध्यान दिंदै जग्गुले सोध्यो– “तँ विद्यालय जान्छस् ?”
“अँ, अनाथालयका सबै बच्चाहरू जान्छन् ।”
“ठूलो भाग्यमानी छस् ?” जग्गुले अनाथ केटालाई कृपादृष्टिले हेर्दै भन्यो ।
“अनाथस“ग मजाक गर्नुहुँदैन,” अनाथ केटाले दुःखी मनले भन्यो ।
“भाग्यमानी त छँदैछस् । मसँग न तेरोजस्तो कपडा छ, न म विद्यालय नै जान सक्छु,” जग्गुको आँखा रसायो ।
“त“ विद्यालय किन जाँदैनस् ? दिनभरि के गर्छस् ?” अनाथ केटाले आश्चर्य मान्दै सोध्यो ।
“होटलमा भाँडा माझ्छु,” जग्गुले भन्यो ।
“तँ अनाथालय किन आउदिनस् ?” अनाथ केटाले प्रश्न ग¥यो ।
“मन त लाग्छ तर उनीहरूले मलाई राख्दैनन्,” जग्गुले उत्तर दियो ।
“किन ?” अनाथ केटा अचम्ममा थियो ।
“मेरो बुबाआमा जीवित छन्,” यति भन्दै जग्गुको आँखाबाट आँसु झर्न थाल्यो ।
(स्रोत : प्रतीक दैनिक पत्रिका)