~राममणी रिसाल~
भक्ती नभईकन भजन भएन
भजन बिना त्यो पाउ मिलेन ।।
(पाउ मिलेन)X3
के गरुँ कसरी पार म पाउँ
भगवान तिम्रै नाम पुकारुँ ।।
(नाम पुकारुँ)X3
तिमी बिना अर्को सत्य कहाँ छ
जे जती देख्छु पूर्ण त्यहाँ छ ।।
(पूर्ण त्यहाँ छ)X3
इश्वर सब यो भेद मिटाउ
छोटो जीवन तत्व खुलाउ ।।
(तत्व खुलाउ)X3
शब्द : राममणी रिसाल
स्वर : फत्तेमान राज भण्डारी
सङ्गीत : नातिकाजी