कविता : तिम्रो मेरो र हाम्रो देश

~हेम हमाल~

देशमा गुजारा गर्थेँ
त्यो देशलाई आफ्नो निजी सम्पत्ति ठानेर
मैले उल्टाउने, पल्टाउने र च्यात्न थालेँ ।

देश नाङ्गो भए पनि
म कसिकसाउ हुँदै गएँ
कसैको हात पर्ला कि भनेर
चारैतिरबाट समुद्र बिछाएँ
र छालले छेकेँ
यो देशलाई मैले लुकाइराखेको छु
मेरो पोल्टामा
मेरो खल्तीमा ।

बेसरम नाङ्गै देखाइदिए सिङ्गै देशलाई
र म आत्मग्लानिले सर्वाङ्ग ढलेछु
त्यसै दिनदेखि देशले चारैतिर ढोका खोल्यो र शंख बजायो
मगमग बास्ना आउने धुप सल्कायो
देश त्यस क्षणदेखि सबैको भयो
तिम्रो, मेरो र हाम्रो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.