~अरुणबहादुर खत्री “नदी”~
आउँछु भनेर विश्वास दियौं
तिमीले मलाई
उषाकालदेखि तिमी आउने
बाटो हेरिरहे ।
घरका सबैलाई अन्तै पठाएर
एक्लै तिम्रै प्रतीक्षामा
म खाटमा पल्टिरहे ।
घरको मूलढोका बाहिर
तिमी आयौ कि भनेर
हेर्न निस्के म
अहँ तिमीलाई देखिन मैले
मेरो विश्वासको
सीमारेखा बिलाएर गयो
तिमीले मलाई
आउँदिन भनेको भए
नयन बाटोमा ओछ्याउने थिइन
माया लाउदिन भनेको भए
मनले पर्खने नै थिएन ।
विश्वासमा पारेर तिमीले
मेरो मन किन रुवायौ प्रिय ?
मैले कुनै गल्ती गरेको थिइन
किन तड्पायौ प्रिय ?
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)