~राज आशातीत~
मेरो एउटै साथी छ
जो
आंखाका काप हुँदै
बगिरहन्छ … मेरै दैनिकिमा
दैनिकजसो
अहो!
मेरो दुश्वप्न
भौंतारीरहंदा जिवनको खोजमा
जीवन….
कुनै डिलमा छाडेर परेलिको …
बस् पर्खनु छ ….मृत्यु!
ओर्लिइ हाल्नेपो हुन कि!?
आधारशिविरहुँदै जिजीवीषाहरु …फेदीतिर!?
संसार जित्ने उद्देश्यमा
जब
मडारीन थाले
चेपचापबाट पलाएका दुबो झैं आकांक्षाहरु
तब देखि नै हो
आँखा नचिम्लिउन्जेल ….
अर्को केही प्राप्त गर्ने
अभिलाषा
आँसुरूपी वास्तविकतामा
विलीन गराएको छु मैले
जबर्जस्ति …… !!
राज आशातीत
इटहरी, सुनसरी।
२३/०४/२०७३।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)