~बलराम तिमिल्सिना~
भो नहॉस चुपलाग अरुलाई हॉस्न देऊ
किन नाच्न तम्सिएको अरुलाई नॉच्न देऊ
हॉसे पनि आधि हॉस एउटा ओठ नफुकाऊ
नॉचे पनि हल्का नॉच दुवै खुट्टा नचलाऊ
अरु हॉस्या देख्नै हुन्न हॉस्न अघि सऱ्या किन ?
कोही नाच्या देख्नै हुन्न नॉचौं नॉचौं गऱ्या किन ?
हॉसे पनि मुख छोपी हॉस भन्या सुन्यौ न र ?
नॉचे पनि भित्रै नॉच भन्या कुरा बुझ्यौ न र ?
सक्छौ भने आधा हॉस आधा रोऊ कोशिस गर
हैन भने हॉस्नु भन्दा रुनेतिर लागिपर
हॉस्नलाई हॉसेछौ रे दीयो बाल्न कसले भन्यो
संसदीय सुगुर हुने काम थाल्न कसले भन्यो
अलि कति फरक मतको भाग राख्नु परेन र
सवै हॉसो सक्छौ किन बॉकि राख्नु परेन र
खवरदार खित्का छोडि हॉस्नलाई मनाही छ
दुनियॉले देख्ने गरी आजै नॉच्न मनाही छ
आफूलाई भित्र भित्र कति रिस उठिरा छ
उचालेर कान्ला मुनी फ्यॉकिदिऊँ जस्तो भा छ
कृपा गर खटाएर हॉस साथी हॉसे पनि
घर भित्र पर्दा हाली नॉच साथी नॉचे पनि
पारिबाट नहॉस्नलाई गुप्ति खवर आएको छ
उताकाले यस्तो कुरा पहिलै चाल पाएको छ
तिमी भने लाटो जस्तो हॉस्या हॉस्यै गर्छौ किन ?
आकाशवाणी नआउँदै नाच्या नाच्यै गर्छौ किन ?
(स्रोत : एभरेष्ट दैनिक डट कम)