कथा : विसर्जित प्रेम

~सुरेश गिरी~Suresh Giri

आज पनि पटक्कै निन्द्रा परेन अह ३ घण्टा अगाडी बाट सुत्ने कोशिश आज पनि खेर गयो । उठेर सलाई कोरे अनि सल्काए उही सुर्तिले भरिएको सेतो खोल रुपी कागज । आत्मियता प्रेमले मात्र झल्काउदैन कहिलेकाही शाब्दिक बिनाशता पनि आत्मियताको परिभाषा बन्न जादो रहेछ जस्तो कि अहिले मैले सल्काई रहेको चुरोट जुन उसको समाप्तीमा पनि मेरो आत्मीय बन्दैछ , दुइ औला बीच च्यापिएर ।

साथहरु पनि तानेर फ्यालिएको चुरोटको धुवा जस्तै रहेछन फोक्सोमा पुगुन्जेल असिम आनन्द दिएझै भान गराउने अनि फोक्सो बाट बाहिर निस्कियपछी क्यान्सर प्रजातिको उल्लास मनाउने । एउटा चुरोट पुरै सकिदा पनि निन्द्रा लागेन सायद निन्द्रा कतै भागेको छ तिम्रो याद जस्तै मेरो मनमा समय संग जोडिएका तिम्रो तस्बिर हरुलाई ब्युताएर । ुतिमीु अर्थात मात्र तिमी जस्लाई मैले सम्बोधनका अरु शब्द नै भेटिन वा अरु सम्बोधनका शब्द हरु फिक्का महसुश भयो मलाई किनकि तिमी मात्र तिमीमै पूर्ण छौ , अनि तिम्रा ति यादहरु सधै अपूर्ण महसुश हुन्छन मलाई सायद तिम्रो सम्झनामा बितेका काडाँहरु समयको सियोले खोपेर निकाल्न म असफल भए ।

कसैको लहलहै मा लागेर चुरोट तान्न सिकेझै गासिएको तिमिसंगको सम्बन्ध सधै भरि चुरोटको धुवाको दागझैँ अमिटभै फोक्सोमा बसेसरी मेरो मन को अन्तस्करणमा समेटिन्छ भनेर थाहा पाएको भय कसम म तिम्रा यादहरुलाई पनि तानेर फालिएको चुरोटको ठुटालाई झैँ बेस्सरी जुत्ताले किल्चियर सधैका लागी समाप्त गरिदिन्थे , तर बिडम्बना तिमी अनायासै सुकेको पतकरमा फालिएको चुरोटको ठुटा बनेउ अनि सल्किरहेउ यो हृदयभरी अनि त्यो तापको परिणाम मेरो आखा बाट झर्दै छ गालालाई कुलेसो बनाएर ।

नाटकीय ढंगले जोडिएको तिमी संगको सम्बन्धले गहिराईको पराकाष्टा नाघ्छ भन्नेकुरा मैले अनुमान नै लगाउन सकिन । जाबो मिस(कल हानाहान र एस।एम ।एस को कारण यति नजिकबढेको सम्बन्ध कुनै दिन स्विच(अफ संगै टाढीन्छ भन्ने कुराको अनुमान लगाउदा(लगाउदै पनि म तिमीलाई यति समिप बाट नियाली रहन थालेछु पत्तै भयन । तिमी संगका संवादहरु अझैपनि मानसपटलमा ताजा भएर आइदिन्छ्न जसको साहारामा म यो अनिदो रात अनि सुर्यको उपस्थितिमा पनि अध्यारो लाग्ने दिनहरु काटी रहेछु । तिम्रा सबै बानीहरु असहज लागेता पनि सहज महसुश हुन थाले सायद मलाई तिम्रो बोलीको मिठासले लठ्ठ पारेको थियो कि म आफै लठ्ठीन खोजिरहेथे मैले आज सम्म बुझ्न सकेको छैन ।तिम्रो फोन नउठेको बेला म्य्यासेज पठाएर अबेरसम्म डेलिभरी रिपोर्ट कुरेका रातहरु साच्चै अविस्मरणीय भैदिएका छन । कसैलाई नदेखिकन पनि मान्छे कसरि यति नजिक हुनसक्छ रु अनि सबै कुरा खुलेर भन्न सक्छ म आफैमा अचम्मित छु , सायद प्रेम को संज्ञा यस्लाईनै दिएका हुन मानव जातीले । तर ” I Love You ” को कुनै लेश पनि उच्चारण गरियन अब यसलाई साँचो प्रेम भनौ वा फुस्रो सम्बन्ध उत्तर उनीसंगै हुनुपर्छ ।

दिनहु गरिएका कुराहरु , कुरिएको फोन अनि पठाईयको म्यासेज हरु सबै साक्षी हरु हुन जसको लिखित प्रमाण म पेश गर्न सक्दिन ।बिहानीपख चिसो थियो मैले साथीलाई फोन गर्न नम्बर थिचे तर गल्तीले अन्तिम नम्बर २० हुनुपर्नेमा १३ भएछ जहाँ बाट सुरु भयो तिमी संगको सम्बन्ध । तिम्लाई पहिलो चोटी फोन गर्दाको रिंग-टोन अझै पनि दिमाखमा बजिरहन्छ ।

म : हेलो , घर आइजो न छिटो बजार जाउ…

उता : कसलाई गर्नुभाको हो कुन्नि ?

म : तपाई को बोल्नु भाको ?

उता : मान्छे…

म : पशुले फोन बोक्ने जमाना अलि आको छैन मान्छे हो भन्ने मलाई पनि थाहा छ….

उता : खोजेको कसलाई हो ?

म : जो बोलेको उसैलाई…

उता : किन खोजेको त ?

म : आजकल खोज्ने रहर लाग्या छ तेसैले….

उता : म तपैले खोजेको मान्छे होइन….

म : यदि होइन भने किन भेटिएको त मसंग ?

उता : मैले फोन गर्या हो र ?

म : यति बेर सम्म किन बोलिराको त अगिनै रंग नम्बर भन्या भए हुने…

उता : आफै थाहा पाउनु पर्छ नी म जानकारी बाड्न बस्या हो र ?

म : ल भयो Attitude नाघेका हरु संग बोल्ने रहर मेरो नी छैन…

फोन काटे । टिन-एज को त्यो मेरो जिस्काई सम्बन्ध मा अनायासै परिणत भयको मैले भेउनै पाईन । यसरि तपाई बाट सुरु भएको सम्बन्ध तिमी हुदै मायाको शब्दमा धेरै पर सम्म पुगे । कुनै दिन झर्किएर फोन राखेर सुरु भएको सम्बन्ध ब्यालेन्स नसकिने बेला सम्म निरन्तर चल्न थाले । उसका बिरामिपन मेरो लागि कियर को संज्ञा पाउन थाले । वाह कति छिटै लम्बिन्छं सम्बन्ध बिनाकारण अनि कति छिटै चुड्छ सम्बन्ध मकिएको डोरी जस्तै ।

कसैलाई सम्झेर बस्दा उसले पनि सम्झिएर फोन गर्यो भने त्यो भन्दा खुशी सायद अरु बेला कमै हुईदो रहेछ ।यस्तो धेरै पटक भए अनि मनलाई धेरै पटक खुसीको सिंचाई मिल्यो जसले कयौ पटक नउठेको फोन अनि साना-तिना मतभेद लाई छिनभरमै गायब गरिदियो । रिंग(ब्याक टोनमा भन्न खोजेको कुरा अर्थ जनाउने गीत राख्ने देखि यस्तो गित नराख भन्ने सम्मका कुरा सब भय ।एक-अर्का संग बोल्दा संसार भुल्ने देखि लिएर उस्लाई संगै राख्ने कुराहरु गर्दै भावनाको शिखर चढियो । एकपटक उनको फोन १५ दिन जति अफ भयो त्यो अबधि भर धेरै छटपटीए , दिनकै अफ हुने फोन प्रयास गर्दा-गर्दै थाके , मोबाइल बोक्न छोडिदिय तर याद मोबाइल मा हैन मन मा थियो जसलाई मैले बोक्न छाड्न सकिन ।

१६ औ दिन एक्कासी फोन आयो

उता : हेलो सन्चै छौ ?

म : अ सन्चै देखिन्छु जस्तो लाग्छ…

उता : हेर न म बिरामी भएर इंडिया गएर उपचार गराएर आको….

सबै आवेगहरु छिनभरमै घाम लागेको बेला हिउ पग्ले झैँ पग्लिय अनि चिसोपना चाही कतै मन भित्र बेस्सरी गढ़यो…

म : होर ? एकपटक भन्नु पर्दैन ? म कति आत्तिए…

उता : फोन चलाउनै पाईन , तिम्लाई धेरै सम्झे मैले येतो धेरै कि म भन्न सक्दिन…

म : हो र अनि अहिले कस्तो छ ?

उता : अहिले ठिकै छ , आज तिमि मा संग धेरै बोल ल , तिम्रा कुराहरु मन भित्रै गुटुमुटु पारेर राख्ने मन छ, तिमी संग कुरा नहुदा सम्झने सहारा बनाउन…

म : हुन्छ…

उता : मलाई तिमि संगै हुने रहर छ ,तिमि संगै राख न सधै भरि….

म : हुन्छ ,आउ न म सन्द खुशी त हुन्छौ ?

उता : खै त्यो भन्दा बढी खुशी त अरु के होला र ?

यस्तै-यस्तै धेरिया कुरा हरु हुन्थे , रिचार्ज कार्डका थुप्राहरु म्यारिज खेल्न ठिक पारिएका तास झैँ हुदै गय । नेपाली नया बर्ष को माहोल थियो , मेरो परीक्षा चल्दै थियो राती उनको म्यासेज आयो।।।

Message मा : Herana ma ta naya barsa dekhi nai birami xu , bipana ma ta timlai dekheko 6aina tara aja sapanama dekheko thiye, dib vari miss gare , thaha 6aina jindagi le kun din kasto mod lin6a bhanera , voli balance rakhera call gar6u miss you.

लेखिएको थियो . तुरुन्तै Reply गरे :

म : Tension naliu, kehi hunna ausadhi khau ani rest gara , jindagi le jasto mod lin6a teti modina sikaula ne.

र २५ रुपया ब्यालेन्स पनि ट्रान्सफर गर्दिय । भोलि पल्ट देखि फोन अफ भयो कति गरे तर अह लागेन । जिन्दगी चल्दै गयो बस चल्दै मात्र गयो । एकदिन उस्को साथी मार्फत फोन गरेर उस्को दिदि को नम्बरमा फोन गरे उसले नै उठाको जस्तो लाग्यो तर सायद मैले नाम बताउदा पनि नचिनेपछी फोन राखे , पिडा हुनलाई घाउ नै हुनुपर्ने रहेनछ , केहि पीडाहरु बाह्य पिडा भन्दा पनि धेरै जटिल हुदा रैछन । म परिवार सम्झेर आफ्नो जिन्दगी अगाडी बढाउन तर्फ लागे । डेढ बर्ष पछी उसले फेरी एक्कासी फोन गरि अनि ६/६ महिनामा उपचारको लागि गएको कारण दर्शाएर बिरामिपन को शस्त्र प्रहार गरि , म बाध्य भय सहन अनि फेरी कुराहरु हुन थाले । तर आज फेरी कुरा हुन थालेको ६ महिना मा उ हराई , सोचे सायद बिरामि भई फेरी अनि फेरी छटपटीएर हप्तौ कटाए ।

तर अस्ति थाहा भयो उस्को अमेरिका बाट आएको दाईले ग्रिन-कार्ड होल्डर संग उस्को दाम्पत्य जिबन गास्दीन लागेको छ अरे । सुनेर खुशी लाग्यो उ नेपालीको सपनाको सहर अमेरिकामा रमाउने भई भनेर , अनि मेरो छटपटीको कारण चाही म गलत छैन भन्ने मेरो बिश्वासको प्रतिक रहेछ । प्राप्तीको आशाले जोडिएका सम्झौतारुपी सम्बन्ध र मुनाफाको आशाले गरिएको ब्यापार उस्तै-उस्तै हुने रहेछन मुनाफाको ब्यापार टुटेपछि नाफा हराउने रहेछ अनि प्राप्तिको सम्बन्ध टुटेपछि विश्वास । तर मैले तर बिना प्राप्तिको आशामै बिश्वास हराए । सल्काएर फालेको चुरोटको ठुटा र जबर्जस्ती भर्न खोजिएको जिन्दगीको बुट्टा दुबैको अर्थ नहुने रहेछ, अनि एस्ट्रे मा भरिएको सुर्तीको धुलोलाई शिखर सम्झनु केवल मुर्खता मात्रै हो , जिन्दगीलाई बहारको हुरी ले हुइक्याए पछी सबै मन बेस्सरी पोल्छ जुन अहिले मैले सल्काएको चुरोटको ठुटोले मेरो औला पोले भन्दा धेरै पीडादायी हुनेरैछ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.