~कल्पना आचार्य ओली~
मान्छेलाई लोभै लोभ मनमा राखिदिएको छ ।
र त माया पनि पापी धनमा राखिदिएको छ ।
जाउ प्यारा दुई चार पैसा कमाएर आउ
विज्ञानले प्रवास पनि आँगनमा राखिदिएको छ ।
साना नानीहरुलाई देखेपछि यस्तो लाग्छ
मान्छेका खुशी जति बच्पनमा राखिदिएको छ ।
कल्पना आचार्य ओली
दमक झापा