~घनश्याम प्याकुरेल~
हिजो जे जे थियो त्यो आज छैन
जस्तो बिहान त्यस्तो साँझ छैन।
आज जे जे छ त्यो हिजो थिएन
बुझ्नुपर्ने कुरा तर याद छैन।
व्यस्त हिजो भेट्ने फुर्सद नहुने
तर आज कुनै कामकाज छैन।
जिउँदाको जन्ती मर्दाको मलामी
खै आज मर्दा पर्दा समाज छैन।
फर्केर हेर्दा साँच्चै अचम्म लाग्छ
प्रजाहरू उस्तै, खै महाराज छैन।
हिजो चिच्याएर देश बनाउँ भन्ने
अवाक छन् किन? के आवाज छैन?
घनश्याम प्याकुरेल
काठमाडौं
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )