~दिलिप योन्जन~
मस्त जवानीमा
सात समुन्द्रपारी
कल्पनामा डुब्दै
यातनामा जल्दै
सम्झनामा रुँदै
एकान्तमा भुल्दै
रुन्चे हाँसो हाँसेर
मान्छेहरुको भिडमा
ज्यानको बाजि लगाएर
युद्घको तयारीमा
मेसिनगन पड्काएर
नाङ्गो खुकुरीको भर
माबहादुर हुन्छौ………….?
सीमारेखा पारिको देशमा
चुप चाप कति बस्ने
हामी गधा होइनौ
जति भारी बोकाए पनि हुने
जमिन्दारको जग्गा हैन
ठेक्का र अधियाँमा लाग्ने
किनबेच हुने
सिठीको भरमा होमिनु पर्ने
बीर गोर्खाली बनी
बीरता बेच्नु पर्ने
रुन्छ यो आत्मा रुन्छ i
पाखा पखेराले सोध्छ
बनपाखा सुसाउँछ
चाड पर्बले खोज्छ
दियो रुँदै पिलपिल जलिरहन्छ
सयपत्री र गोदावरीको माला उनेर
दिदी बहिनी बाटो हेरिरहन्छ i
तर तिमी हातमा मेसिङन बोकेर
कमरमा खुकुरी भिरेर
कुन साहेब वा सिमाना
मृत्युबाट डराई डराई
काहालि लाग्दो ठाउँमा
खाई नखाईखुल्ला आकास मुनि
सुनसान सुनसान सडकमा
त्रसित मुद्रामा
न रात न दिन।
छुटी र हाजिरीमा
मस्त जवानी बित्छ
कहाँ कुन बेला मृत्यु
बम बिच्छ्याएका डोबहरुमा
नाङो खुकुरी टल्काएर
आत्मा नमानी नमानी
रगत सहितको खुकुरी
बिरानो माटोको लागि
मृत्युको पीडाले छटपटिई
मुखभरि रगत च्यापी
सम्झनामा दुई थोपा आँसु
बेदनामा डुबेर
बालुवा र पखेरामा लड्दै
रितो हातसँगै
खोक्रो तक्मा थापेर।
फर्किने त फर्किए
नफर्किने हराए
सुनसान बगर अनि सहरमा
चुपचाप उभिरहेछ
आश्चर्य मान्दै प्रस्न गर्छ
बहादुरी के को लागी…?
मर्नु के को लागी…..?
कुन माटोको लागी……?
कुन अधिकारको लागी……?
सडक रक्ताम्य छ
आफ्नै खुकुरी र गोलीले
रगत जताततै बग्दै छ
पाइला राख्ने ठाँउ छैन
रुदैछ कराउदैछ
बाच्ने आसा लिएर
के थाहा लडाकुहरुलाई…….?
यो कस्को रगत हो……..?
किन जिबन बलि चढाउदैछन………?
कस्को माटोको लागी…………?
न त रगतको महत्व छ
न त माटो नै रङिएको छ
न त खोसिएको अधिकार फिर्ता हुने हो
न त हाम्रो झन्डा नै फहरिएको छ
न त समानता र स्वतन्त्र नै छ
न त माटोमा समान हक अधिकार नै छ
त्यहाँ त मान्छेहरुको
केबल मृत्यु मात्र हुन्छ।
-अस्टिन, टेक्सस, संयुक्त राज्य अमेरिका
(स्रोत : कविता कुसुम)