गजल : खेल्दै छ देश मेरो

~हुसैन खाँ~hussain-khan

सद्भावको जुहारी खेल्दै छ देश मेरो
पीठो नमूछि रोटी बेल्दै छ देश मेरो ।

ईष्या र द्वेष घृणा, बढ्दै छ यो जुनीमा
आफन्तको कुटाई झेल्दै छ देश मेरो ।

हाँस्दै छ भित्र–भित्रै अन्यौल राजनीति
आफैँ टुक्रिन जालो जेल्दै छ देश मेरो ।

चाला भयो कुचाला ठूला–बडाहरूको
पाङ्ग्रा झिकेर गाडी ठेल्दै छ देश मेरो ।

नारा छ अग्रगामी हाते र पाखुरेको
गण्तन्त्रको चुनौती छेल्दै छ देश मेरो ।

हूसैन खाँ
भरतपुर–४, गणेशमार्ग, नारायणगढ चितवन ।
psp195@yahoo.com

(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.