~ध्रुबकुमार सापकोटा~
साहित्यमा शीर्षक जे पनि हुन सक्छ
लेखे एकजना भाईले – ” हिउँले आगो पगालेर ”
देखे अर्का दाईले – ” जुनको चुम्बन ”
देख्छु अब म पनि
लेख्छु अब म पनि
– ” पत्थरको आँशु ”
– ” राछसको प्रेम ”
– “बर्खा यामको तुसारो ”
– ” हिउँदको झरी ”
– “मरुभुमीको समुन्द्र ”
– ” अौंशिको जुन ”
– ” बालुवाको हलुवा ”
– ” सल्लाको साग ”
– ” सिसौको अचार ”
– “बाख्राको फेसन “
– “भँइसीको सुगन्ध “
– “गाईको न्रित्य ”
– “कुखुराको प्रित “
– “कागको गीत “
– “गोरुको दूध “
– “हात्तीको अंडा “
– “स्यालको सिङ “
– “साँहिलीको कपाल –
“साँहिलाको पिङ “ !
– “झ्याउँकिरीको बात “
– “जुनकिरीको लात “
– “छेपाराको हाथ “
बुझ्नै नसकिने
कविहरुको बात
बढा घातक
मानिसको जात !
ध्रुव कुमार सापकोटा
द नेदरल्यान्डस्
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)