कविता : धोखा आफ्नैबाट

~प्रणिका कोयु~pranika-koyu

“सुन बरी लै
सुन बरी लै”
काम चोरियो मेरो
कस्तो कस्तो तरिकाले
श्रमिक मलाई बनाएर
अर्कैको नाम राखेर
आज के के गरियो मेरो श्रमको उपहास गरियो

समय मेरो
उर्जा मेरो
जोश मेरो
शब्द मेरो
सम्पादन अरू कसैको
नाम अरू कसैको
“सुन बरी लै”

कसले गर्यो भनेर नसोध्नु
सुन्दा फेरी नपत्याउने हुनेछन्
आखिर यहाँ यस्तै छ चलन
म त परें उड्ने जिवन
आकाश हाम्रा फरक छन्
भूल गरें शायद मैले देखाइदिंए मेरा बाटो र नक्शा
जसको कमसल गरेर प्रयोग
आज मेरो कामको उपहास गरियो
छुरी नरोपेरनै
घाँटी ननिमोठेर नै
नझुण्डाएर नै
मलाई
मेरो आत्मा र शरिरलाई अलग्याइदियो
मेरो विश्वास फेरि पनि हाँस्यपात्र बनिदियो

“सुन बरी लै
सुन बरी लै”

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.