कथा : बम कि आत्महत्या!

~ध्रुब सापकोटा~

म साइबर क्याफेमा छु । प्रत्येक दिन दर्ुइ बजे म साइबर क्याफेमा प्रवेश गर्छर्ुु आफ्नो मेल खोल्छु । मेरा लागि यो नशाजस्तै भएको छ । अखबारको नशाजस्तो । समाचारको नशाजस्तो । चुरोटको नशाजस्तो । म एउटै क्याफेमा केन्द्रित छैन । मान्छेको कम चहलपहल भएको ठाउँ खोज्छु । पाउँदिनँ । जताततै युवकयुवतीको भीड देख्छु । यिनीहरू कलेज खोजिरहेका छन् । पढ्ने र कमाउने खोज यिनीहरूको छ । यिनीहरू अमेरकिा खोजिरहेका छन् । क्याफेको संसारमा प्रवेश गरेपछि लाग्छ- देशका सारा युवापुस्ता खासगरी सहरी पुस्ता यो देशबाट बाहिरनि चाहिरहेको छ । म अस्पताल जान्छु । रोगीको भीड देख्छु । मलाई लाग्छ, यस देशका सारा मान्छे कुनै न कुनै रोगले ग्रस्त छन् । म घाटमा जान्छु । मर्ुदाहरू जलाउन घाटमा लाइनमा राखिएको छ । मलाई लाग्छ, हामीकहाँ मृत्युदर बढी छ । म जुलुसको नजिक पुग्छु । मलाई लाग्छ- मान्छेहरू नारा लगाउनुलाई नै मुख्य काम बनाइरहेका छन् । लाग्नु र यथार्थबीच धेरै अन्तर छ र पनि लाग्छ ।

प्रत्येक दिन २ बजे म इमेल खोल्छु । २ बजे के मेरा लागि शुभसाइत हो – कि बाध्यता – मैले कुनै नोकरीमा अल्झनुपरेको छैन । अल्झन पाइएन । त्यसकारण मैले नोकरीलाई तुच्छ ठानेको छु । मसँग २४ घन्टा नै समय छ । यो समयभित्र म मन लागेको काम गर्न स्वतन्त्र छु । यो स्वतन्त्रताभित्र मैले आफैँले आफूलाई समयसीमामा बाँधेको छु । मेरा कतिपय मित्रहरू नोकरी पेसामा छन् । तिनीहरू मेरोर् इष्र्या गर्छन् । हुनसक्छ, तिनीहर्रूर् इष्र्या गरेको अभिनय गर्छन् । “वास्तवमा तपाईंको जीवन जीवन्त छ । मनमा जे आयो, त्यही गर्न पाउने ।” तिनीहरूको मन्तव्यमा सोझो अर्थ म भेट्टाउन्न । मेरो बेरोजगार जीवनप्रति व्यङ्ग्य गरेको देख्छु । मैले व्यङ्ग्यलाई पचाइसकेको छु ।

“मेरो जीवन देखेर डाहा लाग्छ भने नोकरी किन गर्नुहुन्छ – आउनोस्, मेरो ठाउँमा,” म भन्छु ।

“के गर्ने † पारविारकि समस्या छ, नत्र भने यो नोकरीलाई उहिले नै लात माथर्ंर्ेे मन लागेर खाएको कहाँ हो र -” ऊ भन्छ । यस्ता भन्नेहरू नोकरी गर्दागर्दै मरेको देखेको छु ।

बिहान ५ बजे म घुम्न निस्कन्छु । दर्ुइ घन्टा म घुमेर बिताउँछु । मान्छेहरू भन्छन्, “यसबाट तपाईंले धेरै फाइदा उठाउनुभएको छ ।”

“आउनोस् सँगै घुमौँ,” म भन्छु ।

“चिसोले २२ प्रकारका रोग ल्याउँछ । नत्र त घुम्न हुन्थ्यो,” ऊ भन्छ ।

मान्छेहरूको भनाइको उद्देश्य म बुझ्न सक्तिनँ । ८ बजे म स्नानगृहमा पस्छु । एकदिन बिराएर दारी काट्छु । प्रश्न उठ्छ । म कतै काममा जान नपर्ने मान्छे, यति छिट्टै खाना किन खान्छु – मेरा परविारका सबै मान्छे साढे ९ बजे घरबाट निस्कन्छन् । मैले नखाई तिनीहरू खाँदैनन् । तिनीहरूले मप्रति मान-सम्मान देखाएका होइनन् । म अलिनु खान्छु । उनीहरू नुनिलो । मलाई पहिले खाना दिएपछि उनीहरू आवश्यकता अनुसार नुन हाल्न स्वतन्त्र हुन्छन् । उनीहरूको हितका लागि मैले पहिले खानुपरेको हो ।

सबै गएपछि यो घर रत्तिो हुन्छ । बाहिरको ढोका लगाउँछु । ओछ्यानमा बस्छु । शरीरमा केही गर्ने फर्ूर्ति हराउँछ । मन पल्टन भन्छ । म मनको आदेश मान्छु । ब्यूँझेपछि मात्र घडी हर्ेर्छर्ुु दर्ुइ घन्टा बितिसकेको छ । भान्छामा जान्छु । पानी खान्छु । म साइबरतिर लाग्छु ।

कम्प्युटर खोल्छु । मलाई जहिले पनि उत्सुकता हुन्छ । आज मलाई क-कसले सम्भिmएका छन् – मेरी एउटी अमेरकिी मित्र छिन्, एन । तिनी फोटो पत्रकार हुन् । दर्ुघटनाका फोटाहरू खिच्ने तिनको विशेषता हो ।

“भर्खरै म हवाईजहाज दर्ुघटनाको फोटो खिचेर फर्केकी छु । थाकेकी छु । खुसी छु, सारा फोटाहरू खिच्न भ्याएँ । दुःखी छु, धेरै मान्छेको ज्यान गएको छ ।”

त्यो मेलले मलाई पनि दुःखी तुल्याएको छ । म मेलबाट नै दुःख व्यक्त गर्छर्ुु फोटो खिच्न भ्याएकामा म बधाई दिन बिर्सन्नँ ।

“तिमी आफ्नो देशको दर्ुघटनाको कुरा भन न †” तिनी भन्छिन् । तिनलाई केही समयअघिसम्म मेरो देशको नाम पनि थाहा थिएन । मैले नै उनलाई यावत् कुरा बताएँ । मेरो देशप्रतिको चाख यताको समयमा तिनको मनमा निकै बढेको छ ।

तिनी जहिले पनि मलाई दर्ुघटनाका फोटाहरू पठाउन आग्रह गर्छिन् । म तिनलाई दर्ुघटनाका खबर दिन्छु । शाही परविारको हत्याका बारेमा मैले भोलिपल्ट नै खबर गरेको थिएँ । फोटाहरू पठाउन भनिन् । १२ वर्षो द्वन्द्वमा मारएिका निर्दोष मान्छेहरूको तथ्याङ्क दिन्छु । तिनी मलाई हृदय छियाछिया हुने फोटाहरू पठाउन आग्रह गर्छिन् । म हिमपहिरोमा मारएिका मान्छेको कुरा गर्छर्ुु हिउँले हात र खुट्टा खाएर ठुटा बनेका मान्छेका कुरा म गर्छर्ुु तिनी फोटा पठाउन आग्रह गर्छिन् । मनसुनमा पहिरो जाने पहाड र डुब्ने तर्राईको कुरा गर्छर्ुु गाउँका गाउँ पहिरोमा बगेको र घर, मान्छे समाप्त भएको कुरा गर्छर्ुु तिनी फोटो पठाउन आग्रह गर्छिन् ।

“फोटा खिचेर के गर्ने -” म प्रश्न गर्छर्ुु

“त्यो त प्रश्न नै होइन । त्यसबाट धेरै कुरा हुन्छ । त्यसमा देशको वर्तमान हुन्छ । त्यो त इतिहासको कालखण्ड हो,” तिनी भन्छिन् ।

“फोटा खिचेर म आफ्ना छोराछोरीको छाक घटाउन चाहन्नँ,” म भन्छु ।

“फोटा खिच्ने मात्र गर । तिमी त्यसबाट कमाउन सक्छौ,” तिनी भन्छिन् ।

“मेरा देशमा आतङ्क मच्चिन्छ । आतङ्कका फोटा बिक्दैनन्,” म भन्छु ।

“त्रि्रँे देशमा अखबार छैनन्,” तिनी प्रश्न गर्छिन् ।

“त्यो क्षमता तिनीहरूसँग छैन,” म भन्छु ।

केहीमा पनि मलाई विश्वास छैन । कसैप्रति पनि विश्वास छैन । कसैसँग पनि आशा छैन ।

म अर्को इमेल हर्ेर्छर्ुु त्यसमा भियग्राको विज्ञापन आएको छ । त्यसबाट हुने फाइदाको वर्ण्र्ाागरएिको छ । यो विज्ञापन निकै रमाइलो किसिमले प्रस्तुत गरएिको छ । बूढाहरूको ठूलो जमातलाई लक्ष्य गरएिको छ । म साथीलाई यो खुसीको खबर दिन्छु । मेरा एउटा साथी ६५ वर्षो छ । ऊ घरमा सक्रिय दाम्पत्य जीवन बिताइरहेको छ । स्वादका लागि ऊ बाहिरतिर पनि आँखा लगाउँछ ।

“घरमा किन कम -” म प्रश्न गर्छर्ुु

“श्रीमतीको चाख मर्दै गएको छ,” ऊ भन्छ ।

“कहिलेदेखि -” म प्रश्न गर्छर्ुु

“रजस्वला बन्द भएपछि,” ऊ भन्छ ।

“तिमीलाई यो काम लाग्ने रहेछ,” म भन्छु ।

“म त भारतीयबाट नै काम चलाइरहेको छु,” ऊ भन्छ ।

“अमेरकिन झन् राम्रो हुन्छ,” म भन्छु ।

“महँगो हुन्छ,” ऊ भन्छ ।

अर्को इमेलले केही दिनदेखि मलाई सोचनीय बनाएको छ । मेरो यस इमेलको ठेगाना अमेरकिा नै छ । मलाई त्यो व्यक्ति अमेरकिामा नै बस्ने ठान्छ । उसले मलाई लोभ्याइसकेको छ । ऊ मलाई एक लाख डलर दिन चाहन्छ, त्यो पनि सित्तैँमा । ऊ मसँग के चाहन्छ – ऊ मसँग आकर्ष प्रस्ताव चाहन्छ ।

यो इमेलले मलाई अर्को एउटा घटनाको सम्झना दिलाएको छ । एउटा विदेशी संस्थाले मलाई पुरस्कृत गरेको थियो । त्यसको रकम पनि आकर्ष नै थियो । इमेलबाट नै मलाई जानकारी दिइएको थियो । प्रचारको भोक ममा जाग्यो । मैले त्यो खबर आफँ“ैले र्सार्वजनिक गरेँ । विभिन्न अखबारका सम्पादकलाई हात जोडेर खबर प्रकाशित गराएँ । आफन्तबाट बधाई खाएँ । मैले पाउने त्यो पुरस्कार श्रीमती, छोराछोरी र नातिनातिनाले बाँडचुँड गरे । म बृद्ध मान्छेलाई निकै कम भाग राखे । छिमेकीले सापटीका लागि पहिले नै मलाई बाचा गरायो । घनिष्ठ मित्रहरूले अग्रीम भोज आरामले खाए । केही दिनपछि त्यस संस्थाले मलाई एक हजार डलर दर्ता शुल्क पठाउन अनुरोध गर्‍यो । मैले आज्ञा पालन गरेँ । म अब टिकट र निम्तो पर्खेर बसेको छु । अब त ती केही दिनहरू केही वर्षा परण्िात भएका छन् ।

“मलाई त्यति ठूलो रकम, त्यो पनि बिनाधितो -” म त्यो प्रस्तावकस“ग प्रश्न गर्छर्ुु

“हो,” प्रस्तावक भन्छ ।

“ब्याज कति त -” मेरो प्रश्न छ ।

“शून्य,” ऊ भन्छ ।

“यो ऋण हो कि अनुदान -” म प्रश्न गर्छर्ुु

“प्रस्ताव आकर्ष छ भने यो अनुदान हुनसक्छ,” प्रस्तावक भन्छ ।

“मलाई एक महिनाको समय दिनोस्,” म भन्छु ।

मसँग योजना नभएका होइनन् । म्यागासेसे पुस्कार विजेता महावीर पुनले गाउँमा इन्टरनेटको सुविधा अनौठो किसिमले पुर्‍याएका छन् । उनीसँग सर्म्पर्क गर्न मैले इमेल गरेँ । “गाउँलेहरूलाई अझ केही सहयोग गर्न सकिन्छ, त्यसमा नै उनी व्यस्त हुन सक्छन्,” मेरो इमेलको अन्त्य भयो ।

इमेलमा म निश्चित समय बिताउँछु । अहिले म बम बनाउने घरमा प्रवेश गरेको छु । यो साइट मेरालागि नयाँ हो, देशका लागि होइन । कम्प्युटरबाट म त्यस क्षेत्रमा प्रवेश गर्छर्ुु मलाई बमले आहत भएका मान्छे थाहा छ, बमले ध्वस्त भएका घर थाहा छ । बम बनाउने गुरु पनि यही इन्टरनेट भएको छ । मलाई त्यसले भय दिएको छ । म त्यो साइट परविर्तन गर्छर्ुु

आत्महत्या कसरी गर्न सकिन्छ – त्यस साइटले मलाई आकषिर्त गर्छ । त्यस मान्छेलाई कुनै बेला आवश्यक पर्छ भनेर नै इन्टरनेटमा राखिएको होला ।

यी दुवै विषय मेरा प्रिय होइनन् । यी दुवै विषयबाट म धेरै टाढा रहन चाहन्छु । आफ्नो इमेल हेररिहन्छु । जवाफ दिन्छु । अन्त्यमा नचाहँदै र आवश्यक नहुँदै पनि म यस क्षेत्रमा प्रवेश गरेको छु । यसलाई म के नाम दिउँm । गौतम बुद्धको देशको मान्छे आत्महत्या र बममा प्रवेश गरेको छ, यो साइट अब उसका लागि खुलेको छ ।

मेरो बानी मलाई नै अनौठो लागेको छ । एउटा पत्रिकाको साइटमा प्रवेश गरेको छु । यस पत्रिकामा मेरो देशका नामी लेखकहरूका रचना समावेश भएका छन् । मलाई ती नामी लेखकका रचनाहरू पढ्ने इच्छा जाग्छ । म त्यसभित्र प्रवेश गर्न चाहन्छु । ती रचना पढ्न डलर तिर्न अनुरोध गरएिको छ । पत्रिकालाई मूल्यवान् बनाएकामा म ती सम्पादकको सोच समयसापेक्ष्ँ देख्छु ।

एनको इमेल धेरै दिनदेखि आएको छैन । तिनी मलाई जहिले पनि दर्ुघटनाको फोटाहरू पठाउन आग्रह गर्थिन् । तिनी त्यस्ता फोटाहरू खिच्दा कतै आफैँ दर्ुघटनामा त परनिन् –

म आतङ्कवादी होइन । मलाई त्यसप्रति कुनै अनुराग छैन । त्यो बम साइटमा अनायास पुग्छु । म आत्महत्याको पूरा विरोधी हुँ । म त्यो साइटको मोहमा फसेको छु । एन † तिमी मलाई इमेल किन गर्दिनौ – मप्रति त्रि्रो विश्वास उठ्यो – एन † कृपया मलाई मेल गर । म दर्ुघटनामा परेकी छैन भन । म यो सुन्न चाहन्छु, म सारा काम छोडेर यो देशको चीत्कारका फोटाहरू पठाउन तयार छु । मलाई नबिर्स ।

इमेलमा जवाफ आउँदैन । हुनसक्छ, मसँग तिनको मोह भङ्ग भएको छ । म दुःखी छु । म तिनको राम्रो चाहन्छु । म दर्ुघटना बताउँछु । झन्झन् भयानक दर्ुघटना भएका छन् । अकल्पनीय दर्ुघटना ।

“फोटो खिचेर पठाऊ,” म तिनीबाट यति सानो उत्तर चाहन्छु । मेरो बयान मात्र गएको छ । बयान एकतर्फी बनेको छ । के अब निराशा नै मेरो साथी हो –

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क २८५)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.